मतगणना शुरू
काठमाडौं। उपनिर्वाचन निर्वाचन अन्तर्गत आज रोल्पाको थवाङ–१ र कञ्चनपुरको पुनर्बास– ३ मा वडाध्यक्षका लागि भएको मतदानको मतगणना शुरू भएको छ।

अन्य क्षेत्रको पनि मतपेटिका संकनको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिका बाहेक अरु सबै निर्वाचन क्षेत्रको मतपेटिका राति ११ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिृकतको कार्यालयमा आइपुग्ने आयोगले जनाएको छ।

मतपेटिका आइपुग्नेबित्तिकै आजै मतगणना शुरू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। १२ घण्टाभित्र ५० प्रतिशत पदको नतिजा आइसक्ने आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आज ५२ पदका लागि देशका ३७ जिल्लामा भएको उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको छ।

उपनिर्वाचनका लागि ४ लाख ५४ हजार ११४ मतदाता कायम भएकोमा २ लाख ९७ हजार १३७ मत खसेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

उनका अनुसार ७१ हजार ८७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४६ हजार ५७५ मत खसेको छ। यो ६५ प्रतिशत हो।

४५ हजार १५ मतदाता रहेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’मा ७० प्रतिशत अर्थात ३१ हजार ६८२ मत खसेको छ।

प्रतिशत, बाग्लुङ २ 'ख' मा ६१ प्रतितशत र दाङ ३ 'ख' मा ६७ प्रतिशत मतदान भएकाे प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

उनका अनुसार बाग्लुङमा २१ हजार २९५ र दाङमा ४५ हजार ७१९ मत खसेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्