कञ्चनपुरको पुनर्वासमा नेकपा उम्मेद्‍वार विजयी <p>काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्&zwj;वार कृष्णबहादुर तामाङ विजयी भएका छन्।</p> <p>उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्&zwj;वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन्।</p> <p>तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले <em>देखापढी</em>लाई जानकारी दिए।</p> <p>कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्