लोकगायक कुमार बस्नेतलाई ‘लाइफटाइम अचिभ्मेन्ट’ अवार्ड

काठमाडौं। लोकगायक कुमार बस्नेत विन्ध्यवासिनी म्युजिकले प्रदान गर्ने ‘लाइफटाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मानित भएका छन्।

हरेक वर्ष प्रदान गरिँदै आइएको लाइफटाइम अचिभ्मेन्ट अवार्ड यस वर्ष लोकगायक बस्नेतलाई प्रदान गरिएको हो।

आज प्रज्ञा प्रतिष्ठानमा गरिएको १०औं विन्ध्यवासिनी म्युजिक अवार्ड वितरण कार्यक्रममा बस्नेतलाई एक लाख नगदसहित सम्मान गरिएको हो।

६ दशकदेखि लोक गीतसंगीतमा स्थापित बस्नेतले थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका छन्।

समाजका विकृति, विसंगतिलगायत धेरै पक्ष लोकगीतमार्फत् मीठासपूर्ण तरिकाले पस्किन माहिर बस्नेत एउटा कालखण्डका आधुनिक पात्रका रूपमा स्थापित छन्।

बस्नेतको ‘छोरीभन्दा आमा तरुनी लिपस्टिक पाउडरले’, ‘कटर कटरमा’, ‘चन्द्र शम्सेरको बिजुली बत्ती’, ‘धनकुटा हिले’, ‘भात जति खाए पनि’लगायतका गीत चर्चित छन्।

सञ्चय कोषमा तीन वर्ष जागिर गरेर पनि गीतसंगीत क्षेत्रमा सक्रिय बस्नेत प्रेमध्वज प्रधान, लक्ष्मीप्रसाद देवकोटालगायतका हस्तीसँगै काम गरेका थिए।

मुक्तिनाथ विकास बैंकको प्रायोजनमा हरेक वर्ष यो अवार्ड प्रदान गरिँदै आइएको छ।

प्रतिक्रिया दिनुहोस्