फाइनलमा पुग्याे भारतीय महिला भलिबल टोली

काठमाडौं। भारतीय महिला भलिबल टोली १३औं दक्षिण एशियाली खेलकुद(साग) को फाइनलमा स्थान बनाएको छ।

भारतले माल्दिभ्सलाई आज ३-० को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

गत संस्करणको स्वर्ण पदक विजेता भारतले २५-१४, २५-६, २५-१७ को सेटमा हराएको हो।

पहिलो र दोस्रो सेटमा निरीह बने पनि माल्दिभ्सले तेस्रो सेटमा एक पटक १४-१३ ले अग्रता लिएको थियो। तर, त्यो अग्रतालाई अन्तिमसम्म कायम राख्न नसक्दा माल्दिभ्सले भारतलाई ३-० को सेटमा नतिजा सुम्पियो।

भारतले अब स्वर्ण पदकका लागि नेपाल र श्रीलंकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र श्रीलंकाबीच आजै खेल हुनेछ।

भारत समूह 'ए' को विजेता टोली हो भने माल्दिभ्स समूह 'बी' को उपविजेता हो।

प्रतिक्रिया दिनुहोस्