प्रहरी हिरासतबाटै ७ जना थुनुवा फरार

काठमाडाैं। सिरहाको इलाका प्रहरी कार्यालय माइपुरपतारको हिरासत कक्षबाट ७ जना थुनुवा फरार भएका छन् ।

अहिले बेलुकी साढे ७ बजे उनीहरू प्रहरीकाे हिरासत कक्ष तोडेर फरार भएको सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।

“खाना खाने क्रममा हिरासत कक्षको ढोका फोडेर भागेको खुल्न आएको छ,” उनले भने, “हामी अनुसन्धान गर्दैछौं।”

फरार भएका सातै जना विभिन्न घटनामा अनुसन्धानका लागि अदालतबाट म्याद थपेर हिरासतमा राखिएका व्यक्ति हुन् ।

प्रहरी स्राेतका अनुसार लागुऔषधसहित पक्राउ परेका गोविन्द नेपाल, माे. रियाद मियाँ, राम आशिष यादव, रणवीरकुमार यादव, गणेश साह र नवीन यादव तथा बहुविवाह आरोपमा पक्राउ परेका संजय यादव फरार भएका हुन्।

प्रतिक्रिया दिनुहोस्