सागमा इतिहास रच्दै महिला भलिबल टोली फाइनलमा
काठमाडौं। प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले आज श्रीलंकालाई  हराउँदै दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा स्थान बनाएर इतिहास रचेको छ।

अघिल्ला दुई खेलमा भन्दा सबै पक्षमा सुधारिएको प्रदर्शन गरेको नेपालले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेको हो।

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला भलिबल टोलीले फाइनल खेल्न लागेको यो पहिलो हो।

त्रिपुरेश्वरस्थित कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा  नेपालले  श्रीलंकालाई २५-१४, २५-१८, २५-२१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो।

घरेलु समर्थकको साथ पाएको खेलमा प्रतिभा एक्लैले तीन सेटमा २२ अंक बटुलेकी थिइन् भने  सरश्वती चौधरीले १७ अंक बटुलेकी थिइन्।

नेपालले अब स्वर्ण पदकका लागि भारतबिरूद्ध खेल्नेछ। यससँगै नेपाली महिला भलिबल टोलीले कम्तीमा रजत पदक पक्का गरेको छ।

सागमा महिला भलिबलमा नेपालले अहिलेसम्म कास्य पदक भन्दा माथिल्लाे पदक पाउन सकेकाे थिएन। सन् १९९९, २००६ र २०१२ मा नेपालले कास्य पदक जितेको थियो।

यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबलमा नेपालले श्रीलंकालाई हराएको थियो।

पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भारतलाई ३-० को सेटमा नजिता सुम्पिएको थियो।  नेपाल र भारतसँग हारेको बंगलादेश समूह चरणबाटै बाहिरिसकेको छ।

पाकिस्तानले सहभागिता नजनाएपछि समूह बी मा माल्दिभ्स र श्रीलंका मात्र थिए । श्रीलंकाले समूह चरणमा माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्