टोकियो। जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ।
दैनिक रूपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरू भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो। नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ।
सरकारले ६ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ। त्यसै गरी, १२ करोड मानिसलाई पुग्ने गरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन्।
फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन्। चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ।
जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो।
तुलनात्मक रूपमा जापानमा कोरोनाभाइरसको महामारी कम देखिएको छ। जापानमा कोरोनाका कारण अहिलेसम्म २,१०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार सङ्क्रमित भएका छन्।
त्यसै गरी जापानमा अहिले कहिँ पनि अति कडा लकडाउन लागु गरेको देखिएको छैन। तर पनि महामारी अहिले तेस्रोपटक फैलिएको हो। सङ्क्रमितहरू भेटिने क्रम चलिरहेको छ।
रासस/एएफपी
" /> टोकियो। जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ।दैनिक रूपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरू भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो। नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ।

">