पोखरामा नाली खन्ने क्रममा खसेको ढिस्कोले ५ जना पुरिए, ३ जनाको शव निकालियो <p>काठमाडौं। पोखरा महानगरपालिका-२० मौजामा नाली खन्ने क्रममा माथिबाट ढिस्को खस्दा ५ जना पुरिएका छन् । त्यहाँ अहिले उद्दार कार्य जारी छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार पुरिएका पाँचजना मध्ये ३ जनाको शव निकालि सकिएको छ। अन्य २ को उद्दार जारी रहेको डीआइजी शर्माले देखापढीलाई बताए।</p> <p>&nbsp;२० नम्बर वाडाका वडाध्यक्ष सिमबहादुर गुरुङले घटना भएको एकघन्टा भन्दा बढी भइसकेको जानकारी दिए&nbsp;। सुरक्षाकर्मी, स्थानीय उद्दारमा जुटेका छन् । नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले उनीहरु पुरिएका हुन् । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत त्यहाँ सडक निर्माणको काम भइरहेको छ ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्