ओपेक राष्ट्र र रसियाबीच तेल उत्पादन बढाउने सहमति

काठमाडौं। तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेक र रूसबीच तेलको उत्पादन बढाउने सहमति भएको छ।

लामो प्रयासपछि रूस र ओपेक राष्ट्रहरूबीच नयाँ वर्षको जनवरीदेखि तेलको उत्पादन बढाउने सहमति बनेको हो।

सहमतिअनुसार हरेक दिन पाँच लाख ब्यारेल तेलको उत्पादन बढाइने छ।

बैंक अफ अमेरिकाको एक रिपोर्टले कच्चा तेलको माग बढ्दै गएको देखाएको छ।

कोरोना भाइरसविरूद्धको भ्याक्सिन छिटो आउने अपेक्षाका कारण कच्चा तेलको माग सुधारिँदै गएको बताइएको छ।

सोही कारण, ओपेक राष्ट्रहरू र रसियाले उत्पादन बढाउने सहमति गरेका हुन्।