काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा भूकम्पबाट भत्किएका ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन्। त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन-कात्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामहरुलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकाे छ।
प्राधिकरणका अनुसार चार महिनाको अवधिमा ६ हजार ६०० पुनर्निर्माण लाभग्राहीले दोस्रो र पाँच हजार ११४ ले तेस्रो किस्ता लिएका छन्। यसै अवधिमा थप ६८५ प्रबलीकरण लाभग्राहीले सम्झौता गरेका छन्, जसमध्ये ४५० घरधनीले पहिलो किस्ता बराबर ५० हजार रुपैयाँ बुझेका छन्।
"यो अवधिमा ११० जना लाभग्राही थपिएका छन् र पहिले नै लाभग्राही कायम भएकासमेत गरी एक हजार ३५० ले अनुदानका लागि सम्झौता गरेका छन्। यसै अवधिमा पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन भएको छ भने धरहरा पुनर्निर्माणमा निरन्तर काम भई १९ तलासम्मको ढलान कार्य सम्पन्न भएको छ," प्राधिकरणले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।
यस अवधिमा समग्र पुनर्निर्माणमा सात अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको पनि समीक्षा बैठकमा जानकारी दिइएको छ।
समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि टिप्पणी गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले सक्रिय रुपमा काम गर्ने अवधि साढे सात महिनाभन्दा कम रहेको उल्लेख गर्दै सम्पूर्ण प्रयास केन्द्रित गरेर तोकिएका लक्ष्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिए। ज्ञवालीले निजी आवास अनुदानका किस्ताहरु लिने अन्तिम समयसीमा किटान भएकोले घर बनाउन बाँकी रहेका लाभग्राहीसम्म पुगी घर निर्माण सुरु गर्नका लागि प्रोत्साहित गर्न पनि निर्देशन दिए।
त्यस्तै, चालु आर्थिक वर्षका चार महिनाको अवधिमा भूमिहीन लाभग्राहीको व्यवस्थापनमा काम भइ एक हजार ४४८ जनालाई हाल बसिरहेको ठाउँमा घर पुनर्निर्माण गर्न स्वीकृति दिइएको छ भने ७७ जनालाई जग्गा खरिद गर्न दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको प्राधिकरणले जनाएकाे छ।
"प्रथम चौमासिकमा ग्रामीण सडक पुनर्निर्माणमा पनि काम भएको छ। यस अवधिमा २० वटा स्थानीय स्तरका सडकको ३०५ किलोमिटर सडकमा विभिन्न चरणका काम भइरहेका छन्," प्राधिकरणले जानकारी दिएकाे छ।
यस महिनाको अवधिमा पुनरावेदन गर्ने लाभग्राहीको संख्या उल्लेखनीय बढेको बताइएकाे छ। १८ हजार २२१ व्यक्तिहरुले पुनरावेदन गरेका पत्रहरु पुनरावेदन समितिमा दर्ताका लागि संकलन भएका छन्। यसबीचमा एक हजार ३६८ वटा निवेदनहरुको फैसला भएको प्राधिकरणले जनाएकाे छ।
यसैबीच मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माण प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय गरेको छ। प्राधिकरणले चालु आर्थिक वर्षभरि बजेट परिचालनसहित सक्रिय रुपमा काम गर्ने जनाएकाे छ। बाँकी पाँच महिना १० दिन दस्तावेज हस्तान्तरण, लेखा परीक्षणलगायतका काम हुनेछन्।
" /> काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा भूकम्पबाट भत्किएका ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन्। त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन-कात्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामहरुलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकाे छ।

">