काठमाडौं ।नेपाली महिला भलिबल टोलीमा इतिहास रच्छौं भन्ने आशा त थियो, तर यति सहज जित होला भन्ने चाहिँ पटक्कै थिएन । बलियो टोली श्रीलंकालाई सोझो सेटमा हराउने कल्पना नेपाली खेलाडीले गरेका थिएनन्। कम्तिमा पनि मुख्य स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीलाई त त्यस्तो लागेकै थिएन।
“सोझो सेटमा जित्छौं भनेर कसैले पनि सोचेका थिएनौं”, ऐतिहासिक जित हात पार्ने टोलीकी सदस्य सरस्वतीले भनिन्, “हामी सबैले शतप्रतिशत दिएर खेल्यौं। त्यसैले सोझो सेटमा नतिजा निकाल्न सफल भयौं।”
सरस्वतीको भनाईमा प्रतिभाले पनि सही थापिन्, “खेल प्रतिस्पर्धात्मक हुन्छ भन्ने लागेको थियो। तर सहजै जित्यौं। रमाइलो लागेको छ।”
दुई दशकपछि घरमा फर्किएको सागमा कम्तिमा पनि फाइनल खेल्नुपर्छ भन्ने इख थियो, नेपाली महिला भलिवल टिममा। पछिल्लो पाँच महिनादेखि प्रशिक्षक जगदिश भट्टले त्यही अनुसार टोलीलाई तयार पारेका थिए– मानसिक, शारिरिक र प्राबिधिक सबै हिसाबले।
खेलाडीको त्यो इख अनि डोल बाजासहित कभर्डहलमा भरिभराउ दर्शकको उपस्थितिले खेलाडीको मनोबल ह्वात्तै बढाइदियो। इतिहास रच्नेक्रममा टोलीले हासिल गरेको नतिजाले त्यही भन्छ। नेपाल साझो सेटमा विजयी मात्र भएन, श्रीलंकालाई १७ अंकभन्दा माथि उक्लन दिएन। दोस्रो सेट त झन् ६ अंकमै रोक्यो।
श्रीलंका त्यही टोली हो, जसले १२औं सागमा नेपालको यात्रालाई पूर्णविराम लगाइदिएको थियो। नेपाल ३ वर्षपछि त्यही हारको बदला लिन सफल भएको छ, घरेलु दर्शकलाई खुशी बनाउँदै।
“पछिल्लो संस्करणमा हामी श्रीलंकासँग सोझो सेटमा हारेका थियौं”, ५ फिट ९ इन्च उचाइकी स्पाइकर सरस्वतीले भनिन्, “यसपटक हामी बदला लिन सफल भयौं। एकदम खुशी लागेको छ।”
असार पहिलो साताबाटै भलिबल टोली बन्द प्रशिक्षणमा थियो। पूर्ननिर्माणको काम भइरहँदा पनि महिला टोलीले राखेपको कभर्डहलमा अभ्यास गरिरह्यो। त्यसपछि विशेष प्रशिक्षणका लागि थाइल्यान्डमा झन्डै एक महिना बितायो। त्यहाँको स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेल्यो।
थाइल्यान्डबाट फर्किएलगत्तै नेपाली टोली बंगालदेश उड्यो, एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न। प्रतियोगितामा पहिलो पटक सहभागी भएको नेपाल बंगलादेशबाट उपाधि नै जितेर फर्कियो। उक्त जितले नेपाली टोलीलाई थप उत्साहित बनायो । साथै जिम्मेवार पनि ।
“पहिला टोली अलि कमजोर थियो, तर पछिल्लो समय हामीले म्याच एक्स्पोजर पायौं”, सरस्वतीले थपिन्, “अनि टिम समन्वय पनि राम्रो भयो । एकअर्काप्रति सकरात्मक भावना पनि बढेको छ।”
एभिसी सेन्ट्रल जोनको उपाधि जितेपछि महिला टोलीमाथिको अपेक्षा ह्वात्तै बढेको थियो। राखेप सदस्यसचिव रमेश सिलवालले उदहारण दिनुपर्यो भने महिला भलिबलकै नाम लिन्थे। कप्तान अरुणाको अनुभव पनि त्यही छ। “सेन्ट्रल जोनको उपाधिले मनोबल त बढाएको छ। त्यसका साथै टोलीमा थप जिम्मेवारी पनि थपिएको छ”, अरुणा भन्छिन् ।
शुरुका दुई खेलमा नेपालको प्रदर्शनले उत्साहजनक हुन सकेन। नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा त हरायो। तर प्रदर्शन भने फितलो नै थियो। भारतसँग त नेपाल निरीह नै बन्यो।
“अघिल्लो खेलमा भन्दा सर्भिस र ब्लक राम्रो भयो। खेलाडीले विपक्षीको दबाब एकपटक झेल्न पनि परेन”, महिला भलिबल टोलीका मुख्य प्रशिक्षक भट्टले भने, “तेस्रो सेट अलि प्रतिस्पर्धात्मक भए पनि हामीले त्यसलाई ब्यबस्थापन गर्यौं।”
लक्ष्य स्वर्ण
पहिलो पटक सागको फाइनल प्रवेश गर्दा खेल पदाधिकारीले भित्रैदेखि उर्लिएको आफ्नो मनोभावनालाई रोक्न सकेनन्। नेपालले अन्तिम सेट आफ्नो पक्षमा पार्ने वित्तिकै कोर्टमै पुगेर बधाई दिनेको भिडमा खेलाडीहरु हराए।
शुरुबाटै ढोल बाजा बजिरहेकै थियो। ढोल बाजाको धुनमा पदाधिकारीले आफुलाई थाम्न सकेनन्। सबै नाच्न थाले। राष्ट्रिय झन्डा फहराइरह्यो।
तर लजालु स्वभाकी प्रतिभा माली शान्त नै थिइन्। ऐतिहासिक जितको हिस्सेदार बन्दा उत्साहित त थिइन्। र पनि, उनले आफुलाई सम्हालेकी थिइन। किनकी लक्ष्य स्वर्णको थियो।
“हाम्रो लक्ष्य त स्वर्ण हो नि । त्यो जित्यौं भने अझ रमाइलो लाग्छ होला”, न्यु डायमण्ड एकेडेमीकी १८ वर्षिया प्रतिभाले थपिन्, “सबैको साथ पाएका छौं। आशा छ, स्वर्ण पनि जित्नेछौं।”
‘बिना दबाब खेल्छौं’
नेपालले भारतसँग पहिलो सेटमा प्रतिस्पर्धात्मक नतिजा निकाले पनि बाँकी सेटमा सहजै पराजित भएको थियो। मुख्य प्रशिक्षक भट्टले रजत पक्का भइसकेका कारण टोलीमा अब कुनै दबाब नरहेको बताए।
“टिम बनाउनेक्रममा धेरै रिस्क लियौं, यो बीचमा धेरै उतार चढाव भोग्यौं”, फाइनल पुगेपछि उत्साहित देखिएका भट्टले भने, “रजत पदक जितिसकेका छौं। हामीले बारम्बर स्वर्ण जित्छौं भनेका छौं। अब भारतविरुद्ध जिरो टलरेन्समा खेल्छौं। नेपाली दर्शकलाई पूर्ण सन्तुष्ट बनाउने छौं।”
सशस्त्र प्रहरी बल (एपिएफ) की सरस्वती पनि स्वर्ण जित्ने आशमा छिन् । भन्छिन्, “यो नतिजाले हामी जित्न सक्छौं भन्ने प्रमाणित भइसकेको छ। दर्शकको साथ छ। हामी स्वर्ण जित्नेछौं।”