काठमाडौं। “हामी दुःखमा छौं, सडकमा छौं, तपाईंको सहयोगले हामीलाई राहत पुग्छ र तपाईंलाई पुण्य हुनेछ।”
दशक अगाडि अर्जुन मगर (४९) ठेकेदार थिए। पैसा मनग्ये कमाउँथे।
वर्षमा चार/पाँच वटा घरको ठेक्का गर्थे। तर, शुक्रबार बिहान उही अर्जुन काठमाडौंको मानेटारस्थित भित्री सडकपेटीमा बसेर सहयोग मागिरहेका थिए।
नजिक साउण्ड सिस्टम थियो। देखियो, रातो भाँडा। जहाँ तीन/चार सय रूपैयाँ जम्मा भएको रहेछ।
र, घन्कियो गीत “कस्तो छ यो सारा संसार, हामलाई पनि देख्न मन ला’छ।” अर्जुनसँगै बसेर गीत गाउँदै थिइन् निशा मियाँ (४०)।
मानिसहरू झुरूप्प भेला भए। जसरी चारो फाल्दा माछा भेलिन्छन् पोखरीमा।
निशाको दुवै आँखामा दृष्टि छैन। देख्दिनन् आँखा। आफ्नै यथार्थ जीवनको कथा बोकेको गीत उनले गाइन्।
गाउँदा केही मानिसहरू भावुक देखिए। भाँडामा पैसा राखे। र, गीत सुनिरहे।
यो गीत आँखाको दृष्टि गुमाएकाहरूले अत्यधिक गाउँछन्। गीत मार्मिक छ। गीतमा दृष्टिविहीन भएका आममानिसको वेदना छ। सुन्दर संसार देख्ने रहर प्रकट भएको छ। अनि, सोधाइ छ, “कस्तो छ सारा संसार?”
जुन गीतको लय हो, “जुन मायाले धरधरी रूवायो, उही मायालाई...।”
यो गीत निशाले गाउँदै गर्दा अर्जुनलाई चाहिँ खुट्टाको लोभ लागेछ।
“म पनि १० वर्ष अगाडि आफ्नै खुट्टाले ठमठम हिँड्थें,” उनले पाइन्ट सुर्काउँदै भने, “यहाँ (तिघ्रा) देखि तल भरतपुर अस्पतालमा कटाउनुपर्यो, त्यहाँदेखि म रोडमा छु।”
यति भनेपछि उनको अनुहारको चमक एकाएक धुमिल बन्यो। उप्काए १० वर्ष अगाडिको पीडादायी कथा।
त्यहीबेला छेउमै रहेकी निशाचाहिँ अर्को गीत गाउन थालिन्। “दुवै आँखा नदेख्ने भएर, यो संसारमा बाँच्नै मन छैन...।”
केही दर्शक निशालाई हेर्दै गीत सुन्दै थिए। केहीचाहिँ अर्जुनको खुट्टा।
अन्ततः भरतपुर अस्पताल गएर कटाए। एक खुट्टे भए। त्यही दिन उनी जिन्दगीमा बेस्सरी रोए। आँशुले अनुहार धोए। र, बाँकी जिन्दगीको सम्भावित दुःखको प्रक्षेपण गरे।
नेपाली मन न हो, यी दुई पात्र देख्दा माहोल भावुक बन्यो। उसैमाथि गीत भावुक बनाउने खालको।
यस्तो माहोलकाबीच अर्जुनले ठेकेदारदेखि रोडमा आउन बाध्य हुँदासम्मको कथा सुनाए। कतिलाई सुनाउन भ्याए, त्यो त थाहा भएन, तर सुन्दै गर्दा उनमा पीडा उकुसमुकुस भएको भान भयो।
अर्जुनका अनुसार दायाँ खुट्टाको बूढी औंलामा सानो खटिरा आएको थियो। चिलाउने र दुख्ने। लाग्यो, निको होला भन्ने। निचोरेर पिप फाले।
पिप नभएपछि त खटिरा सुक्छ। सुकेर निको होला भन्ने उनमा थियो। तर, त्यस्तो भएन।
बरू गोडादेखि तल कालो हुँदै आयो। हतारमा चितवनको भरतपुर अस्पताल पुगे।
उनी र निशाको घर मकवानपुरको हात्तीसुँडे हो। अस्पतालमा डाक्टरले खुट्टा काटेर फाल्नुपर्ने कुरा अर्जुनसँग गरे। क्यान्सर हुन लागेका भने।
अर्जुनलाई मनमा भयो, खुट्टाचाहिँ काटेर नफाल्ने, बरू औषधि उपचार नै गर्ने। त्यही भएर खुट्टा नकाटी उपचार हुने अस्पतालको खोजीमा काठमाडौंमा आए।
ठूलाठूला अस्पताल सबै चहारे। जहीँको डाक्टरले खुट्टा काट्नै पर्ने सुझाए।

त्यसरी उनी अहिले रोडमा छन्। ‘माग्ने’ भएका छन्। माग्नुको स्वार्थ ज्यान बचाउने नै हो।
उनमा आश्रित छन्, श्रीमती र नाबालक एक छोरी र छोरा। कोठा बौद्धमा छ।
“सर! मैले त पाँच/छ वर्षदेखि नै आँखा नदेखेको, दादुरा आएपछि मेरो दुवै आँखाको दृष्टि गुमेको भन्नुहुन्थ्यो आमाले, याद छैन कस्तो छ यो संसार।”
यति भनिसक्दा उता निशाले गीत गाएर सकिन्। सहयोग गर्नेहरूलाई धन्यवाद दिइन्।
त्यसपछि उनले भनिन्, “सर! मैले त पाँच/छ वर्षदेखि नै आँखा नदेखेको, दादुरा आएपछि मेरो दुवै आँखाको दृष्टि गुमेको भन्नुहुन्थ्यो आमाले, याद छैन कस्तो छ यो संसार।”
उनलाई कहिलेकाहीँ एकछिन संसार देखेर फेरि, आँखा नदेख्ने भए पनि हुन्थ्यो जस्तो लाग्दो रहेछ।
“तपाईंहरू जसरी मैले पनि एकछिन देखेर फेरि नदेख्ने हुँदा कति खुसी हुन्थेँ होला म? तर, मेरो जिन्दगी यस्तै होला।”
यति भनेपछि उनी अर्को टोलमा जान उठिन्। र, अर्जुन बैसाखी टेकेर उठे।
उठ्दै गर्दा अर्जुनले यसरी टोल टोलमा गीत गाउन थालेको बन्दाबन्दी भएपछि भएको बताए। केही टोलमा त मानिसहरू घरदेखि ननिस्किने र गीत गाएर त्यसै उठेर हिँड्नुपर्ने अवस्था आउने गरेको सुनाए।
निशाले चाहिँ अपाङ्गता भएकाहरूको दुःखको गीत गाउँदा केही सहयोगी मानिसहरूले सहयोग गर्ने गरेको बताउँदै अर्को टोलतर्फ लागिन्।