दुबई। कोरोनाभाइरसको विरुद्धमा बनाइएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ। फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो।
बहराइनको राज्यद्वारा सञ्चालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्वीकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख गरेको छ। यसअघि बुधबार बेलायतले यही खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको थियो।
देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सबै कुरा अध्ययन गरेर यसलाई आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्वीकृति दिएको हो। प्रयोगका लागि स्वीकृति दिए पनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिनेछ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन।
त्यसै गरी फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिलेकहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नोतर्फबाट गोप्य नै राखिन जनाएको छ।
झण्डै १६ लाख जनसङ्ख्या रहेको मुलुक बहराइनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ।
रासस/एपी
" /> दुबई। कोरोनाभाइरसको विरुद्धमा बनाइएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ। फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो।बहराइनको राज्यद्वारा सञ्चालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्वीकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख गरेको छ। यसअघि बुधबार बेलायतले यही खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको थियो।

">