एजेन्सी। रुसले राजधानी मस्कोबाट कोरोना भाइरसको खोप लगाउन सुरु गर्ने भएको छ। कोरोना भाइरसविरुद्धको खोप अभियानमा यसको संक्रमणको सबभन्दा बढी खतरामा रहेकालाई पहिलो प्राथमिकतामा राखिने बताइएको छ।
रुसले कोरोना भाइरसविरुद्ध विश्वकै पहिलो खोपका रूपमा गत अगस्टमा दर्ता गराएको स्पुतनिक भी खोप लगाउने भएको छ।
स्पुतनिक भी विकास गर्ने वैज्ञानिकहरूले यो खोप ९५ प्रतिसत प्रभावकारी भएको र यसको कुनै साइड इफेक्ट नहुने दाबी गरेका छन्। तथापि यसको ठूलो संख्यामा बृहत् परीक्षण भने जारी छ।
रुसमा खोप लगाउनका लागि निवेदन दर्ता गर्नेहरूको संख्या निक्कै ठूलो भएको बताइएको छ, तर रुसले मागअनुसारको परिणाममा खोप तयार गर्न भ्याउनेमा भने आशंका गरिएको छ। यो वर्षको अन्तिमसम्ममा रुसले २० लाख डोज खोप तयार गर्ने अनुमान गरिएको छ।
मस्कोका मेयर सर्गेई सोबेएनिनले खोपका उच्च माग र सीमित उपलब्धतालाई ध्यानमा राख्दै पहिलो चरणमा सामाजिक कार्यकर्ता तथा स्कुल र स्वास्थ्य सेवामा कार्यरतहरूलाई खोप लगाइने बताएका छन्।
खोपको उपलब्धतता बढेसँगै प्रयोगकर्ताको सूची पनि फराकिलो पार्दै जाने उनले बताए।
कोरोना भाइरसविरुद्ध विश्वकै पहिलो खोप बनाएको दाबी गरे पनि रुस महामारीको केन्द्रविन्दुका रूपमा रहँदै आएको छ। रुसमा दैनिक ३० हजारभन्दा बढिको संख्यामा मानिसहरू कोरोना भाइरसबाट संक्रमित भइरहेका छन् भने यसकै कारण ज्यान गुमाउनेको संख्या पनि रुसमा दैनिक ५ सयभन्दा बढी छ।
रुसमा अहिलेसम्म ६५ लाख ३४ हजार ९५१ जनामा संक्रमण पुष्टी हुँदा कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ६८४ पुगिसकेको छ।
" /> एजेन्सी। रुसले राजधानी मस्कोबाट कोरोना भाइरसको खोप लगाउन सुरु गर्ने भएको छ। कोरोना भाइरसविरुद्धको खोप अभियानमा यसको संक्रमणको सबभन्दा बढी खतरामा रहेकालाई पहिलो प्राथमिकतामा राखिने बताइएको छ।रुसले कोरोना भाइरसविरुद्ध विश्वकै पहिलो खोपका रूपमा गत अगस्टमा दर्ता गराएको स्पुतनिक भी खोप लगाउने भएको छ।

">