चोरीको १४ लाख भारतीय रुपैयाँसहित दाङमा एक पक्राउ
दाङ। भारतबाट चोरेर ल्याएको १३ लाख ९१ हजार १७० भारतीय रूपैयाँसहित दाङमा एकजना पक्राउ परेका छन्।

भारत हरियाणा राज्यको चरसीदादरीमा घरेलु काम गर्ने घोराही उप–महानगरपालिका–१२, रतनपुर टिकरीका गोकर्णबहादुर विकलाई दाङ प्रहरीले १३ मंसीर साँझ ८ बजे रतनपुर टिकरीबाटै पक्राउ गरेको हो।

बरामद् गरिएको भारतीय मुद्रामा ५०० दरका एक हजार ८०० थान, २०० का एक हजार ५९९ थान, १०० का एक हजार ५९९ थान, ५० का २०० थान र १० का १४७ थान रहेको प्रहरीले जनाएको छ।

यस्तै नेपाली रूपैयाँमा सटाइएको ५०० दरका १०० थान र एक हजारका २७ थान गरी ७७ हजार नेपाली रूपैयाँ पनि बरामद् गरिएको दाङ प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जनाएको छ।

पक्राउ परेका विकमाथि अनुसन्धान भइरहेकाे डीएसपी शाहले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्