काठमाडौं। भारतमा कोरोना संक्रमणबाट एक लाख ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ९६ लाखभन्दा बढी मानिस संक्रमित छन्।
भारतले कोरोना महामारीविरुद्ध लड्न भ्याक्सिन समेत निर्माण गरिरहेको छ। भने अन्य देशमा तयार भइरहेका भ्याक्सिन ल्याउनेबारे पनि तयारी थालेको छ।
भारतमा यतिबेला तीन वटा कम्पनीले भ्याक्सिन निर्माणको काम गरिरहेका छन्। तीमध्ये बायोटेक इन्टरनेशनलको को-भ्याक्सिन बढी प्रभावकारी देखिएको छ। योबाहेक अन्य देशमा विकास भइरहेका भ्याक्सिनले पनि अनुमति मागेका छन्। तर, भारतले अहिलेसम्म कुनै पनि कम्पनीलाई खोप लगाउनका लागि अनुमति प्रदान गरेको छैन।
एक अर्ब ३८ करोड जनसंख्या रहेको भारतमा ८० करोड मानिसलाई कोरोना भ्याक्सिन लगाउनुपर्ने अनुमान गरिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले एक प्रेस नोटिस जारी गर्दै प्राथमिकताका आधारमा मात्र भ्याक्सिन दिइने बताए।
त्यसका लागि सबैभन्दा पहिला फ्रन्ट लाइनमा काम गरिरहेको स्वास्थ्यकर्मी प्राथमिकतामा पर्नेछन्। त्यसपछि दीर्घरोगी, बृद्धबृद्धा, लगायतका व्यक्तिहरूलाई क्रमिक रूपमा भ्याक्सिन दिनेगरी भारतले खोप रणनीति बनाएको उनको भनाइ छ।
भारतले आफ्नो ८० करोड जनसंख्यालाई १६० करोड डोज खोप दिने गरी तयारी थालेको छ। त्यसका लागि भारतले आफ्नै देशमा विकास भइरहेका खोपको नतिजा हेर्ने र अन्य देशबाट पनि खरिद गर्नका लागि तयारी गरिरहेको छ।
स्वास्थ्य सचिव भूषणले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार भारतले १६० करोड डोज खोपका लागि प्रतिबद्धता पाइसकेको छ।
हैदराबाद तथा दिल्ली एअरपोर्टमा तयारी
दिल्ली तथा हैदराबादका एअर कार्गो सर्भिसेसलाई भ्याक्सिन वितरणका लागि तयारी अवस्थामा राखिएको छ। दिल्ली एअरपोर्टमा दुई वटा कार्गो टर्मिनल छन्। त्यसमा -२० डिग्री देखि २२५ डिग्री सेल्सियससम्मको तापक्रम मिलाइएको छ।
त्यस्तै जीएमआर हैदराबाद एअर कार्गोमा देशका लागि मात्र नभएर विश्वभरका लागि भ्याक्सिन सप्लाई गर्न सक्ने क्षमताको विकास गरिएको छ। त्यहाँ पनि टेम्पेरेचर कन्ट्रोल सिस्टम व्यवस्थापन गरिएको छ।
भ्याक्सिन कोल्ड स्टोरेज सेन्टर निर्माण
भ्याक्सिन राख्नका लागि आवश्यक पर्ने तापक्रमसहितको भण्डारण सेन्टर निर्माण भइरहेको छ। भारतका विभिन्न क्षेत्रमा खोप राख्नका लागि आवश्यक पर्ने तापक्रमसहितको स्टोरेज सेन्टर निर्माण भइरहेको हो। भारतका हरेक जिल्लाका जिल्ला अस्पताललाई केन्द्रमा राखेर खोप वितरण केन्द्र बनिरहेका हुन्।
जिल्ला अस्पताललाई मनिटरिङ सेन्टर बनाएर अन्य क्षेत्रमा खोप पुर्याउन खोप भण्डारण क्षेत्र बनिरहेको स्वास्थ्य सचिव भूषणले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
एक करोड हेल्थ वर्कर पहिलो प्राथमिकतामा
प्रधानमन्त्री नरेन्द्र मोदीले ४ डिसेम्बरमा सर्वदलीय बैठक बोलाए। त्यसमा उनी भिडिओ कन्फ्रेन्समार्फत सहभागी भए। भ्याक्सिनबारे भइरहेको प्रयास र महामारी नियन्त्रणमा सरकारले गरिरहेको कामको बारेमा जानकारी गराए।
उक्त बैठकमा स्वास्थ्य एवंम कल्याणमन्त्रीले सबैभन्दा पहिला एक करोड हेल्थ वर्करलाई कोरोना भ्याक्सिन दिइने जानकारी दिएका थिए। त्यसमा सरकारी मात्र नभएर निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई पनि दिइनेछ।
त्यसपछि दुई करोड फ्रन्टलाइन वर्कर्सलाई भ्याक्सिन दिइनेछ। फ्रन्टलाइन वर्कर्समा सुरक्षाकर्मी, सेना, महानगर कर्मचारीलगायतका छन्।
" /> काठमाडौं। भारतमा कोरोना संक्रमणबाट एक लाख ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ९६ लाखभन्दा बढी मानिस संक्रमित छन्।भारतले कोरोना महामारीविरुद्ध लड्न भ्याक्सिन समेत निर्माण गरिरहेको छ। भने अन्य देशमा तयार भइरहेका भ्याक्सिन ल्याउनेबारे पनि तयारी थालेको छ।

">