१३औं सागको मस्कट
दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करणमा ‘कृष्णसार’लाई प्रयोग गरेर मस्कट डिजाइन गरिएको छ। कृष्णसारले सागको टर्च लिएको आकृति यसमा झल्कन्छ।
कृष्णसार बर्दिया (राष्ट्रिय निकुञ्ज) मा पाइने जनावर हो।
विश्वमा लोपोन्मुख जनावरमध्ये पर्ने कृष्णसार मृगजस्तै चलाख र छिटो कुद्छ।
खतराबाट जोगिनकै लागि यसको आँखा पनि तीखो हुन्छ। डिजाइनरले यही लोपोन्मुख जनावरलाई १३औं सागको मस्कटका रूपमा प्रयोग गरेका हुन्।
दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि सरकारले २३ फागुन २०६५ मा बर्दिया राष्ट्रिय निकुञ्जको १६.९५ वर्ग किलोमिटर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको थियो।
एक समय नेपालबाट कृष्णसार लोप भइसकेको आशंका गरिए पनि २०३२ सालमा खोजी गर्दा ९ कृष्णसार फेला परेका थिए। अहिले यसको संख्या झन्डै ३०० हाराहारीमा छ।
कमलबहादुरले बोक्नेछन् नेपालको झण्डा
१३ औं सागको उद्घाटन सत्रमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नेछन्।
नेपाल ओलम्पिक कमिटीले १४ मंसीरमा खेल अनुभव, अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा समेत सहभागिता जनाइसकेको आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरेको हो।
कमलले नवौं सागदेखि सहभागिता जनाउँदै आएका छन्।
नवौंपछि दशौं र ११औं सागमा पनि भाग लिएका कमलले १२औं सागमा भने सहभागिता जनाएनन्।
यो १३औं साग कमलको चौंथो साग हुनेछ। उनले श्रीलंकाको कोलम्बोमा सम्पन्न दशौं सागमा स्वर्ण पदक जितेका थिए।
कमलले कोरियामा सम्पन्न २०१७ को एशियन च्याम्पियनसिपमा तीन कास्य पदक जितेका थिए।
खेलाडीको तर्फबाट आयषा शाक्यले शपथ लिनेछिन् भने ओलम्पियन तथा कीर्तिमानी पदक विजेता दीपक विष्टले ओलम्पिक टर्च बाल्नेछन्।
त्यसैगरी रेफ्रीको तर्फबाट ब्याडमिन्टनका ‘एशिया सर्टिफिकेटेड रेफ्री’ दीपक थापाले शपथ लिनेछन्।
दुई पटक सरेको मिति
सन् २०१६ मा भारतको गुहाटी र सिलोङमा सम्पन्न सागबाट नेपालले १३औ संस्करण आयोजनाका लागि झण्डा लिएर आएको थियो।
प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने साग नेपालले सन् २०१८ मै आयोजना गर्नुपर्ने हो। तर, विभिन्न कारणले निर्धारित मितिमा सागको आयोजना हुन सकेन।
दक्षिण एशियाली ओलम्पिक काउन्सिलको काठमाडौंमा बसेको बैठकले ९–१८ मार्च २०१९ मा साग आयोजना गर्ने निर्णय गर्‍यो। तर, भौतिक पूर्वाधारको काम अघि बढ्न नसक्दा दोस्रो पटक पनि तोकिएको मितिमा प्रतियोगिता हुन सकेन।
थाइल्याण्डको बैंककमा सम्पन्न ओलम्पिक काउन्सिलको बैठकले अन्तिम पटकलाई भन्दै सागको नयाँ मिति १–१० डिसेम्बर २०१९ लाई तोकेको हो।
ब्याडमिन्टन र खोखो आजबाट
१३औं दक्षिण एशियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनका खेल आजैदेखि पोखराको कभर्डहलमा शुरू हुनेछन्।
आज हुने टिम इभेन्ट्सका खेलमध्ये पुरुष टीम इभेन्ट्समा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ।
महिलातर्फ नेपालको नेपालको प्रतिद्वन्द्वी बंगलादेश रहेको छ।
सागका लागि ब्याटमिन्टमा नेपालबाट १० पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
खोखोका खेलहरू पनि आजै शुरु हुनेछन्।
उद्घाटन समारोहलगत्तै पुरुषतर्फ भारत र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ। त्यसपछि भोलि, १६ मंसीर बिहान १० बजे पुरुषतर्फ नै नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ।
महिलातर्फ नेपालले बंगलादेशसँग खेल्नेछ। त्यसपछि भारत र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ।
भलिबलको पुरुषतर्फका दुई सेमिफाइनल खेल पनि आजै हुनेछन्। पहिलो सेमिफाइनलमा भारतले श्रीलंकाविरुद्ध र दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ।
करातेका प्रतिस्पर्धा भने भोलि, १६ मंसीरबाट शुरू हुनेछन्।
"> यसरी हुँदैछ खेलकुद महाकुम्भको भव्य उद्घाटन: Dekhapadhi
यसरी हुँदैछ खेलकुद महाकुम्भको भव्य उद्घाटन
काठमाडौं। एक महीना अघिसम्म पनि हुन्छ, हुँदैन भन्ने अन्योलमा रहेको दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करण आज औपचारिक रूपमै भव्य उद्घाटन हुँदैछ।
दुई दशकपछि जन्मभूमिमा फर्केको दक्षिण एशियाली खेलकुदको आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन्।
उद्घाटन समारोह साँझ ५ बजेर १० मिनेटमा शुरू हुनेछ र तीन घण्टा १४ मिनट चल्नेछ।
उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी सातवटै देशको मार्चपाससहित नेपालको कला, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले बताए।
उद्घाटन समारोहमा मुकुन्द शर्मा, आनन्द कार्की, प्रकाश गुरुङ, इन्दिरा जोशी, सत्य–स्वरुप आचार्य, दीपक बज्राचार्यलगायतका कलाकारको प्रस्तुति रहनेछ।
उद्घाटन समारोहमा १५ हजार भन्दा बढी कलाकार तथा सहयोगीहरू सहभागी हुनेछन्। त्यस्तै पाँच हजारभन्दा बढी विदेशी पाहुनासमेत सहभागी हुने राखेपले जनाएको छ।
सागमा पहिलो पटक सर्वाधिक २८ खेल समावेश गरिएको छ। तीमध्ये कुस्ती जनकपुरमा हुनेछ भने महिला क्रिकेट, महिला फुटबल, आर्चरी, ब्याडमिन्टन, ह्याण्डबल, ट्रायथलन, बीच भलिबल र भारोत्तोलन पोखरामा हुनेछ।
पाराग्लाइडिङ पनि पोखरामा हुने तय थियो। तर, सहभागी राष्ट्र नपुगेका कारण पाराग्लाइडिङ नहुने भएको छ।
सन् १९८४ मा नेपालबाट शुरू भएको दक्षिण एशियाली खेलकुद १९९९ मा नेपालले दोस्रो पटक आयोजना गरेको थियो।
दक्षिण एशियाली खेलकुदका शुरूका संस्करण ‘साफ गेम्स’को नाममा हुने गर्थे। सन् २००४ मा बसेको दक्षिण एशियाली ओलल्पिक काउन्सिल (एसएएससी)को ३२औं बैठकले ‘साउथ एशियन फेडेरेसन गेम्स’को नाम परिवर्तन गरी ‘साउथ एशियन गेम्स’ राखेको हो।
यो प्रतियोगितालाई ओलम्पिकको दक्षिण एशियाली संस्करणको रूपमा स्थापित गर्न खोजिएको छ।
१३औं सागमा सात देशका दुई हजार ७१५ खेलाडीले ३१७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। स्वर्णबाहेक ३१७ रजत र ४८१ कास्य पदकका लागि समेत प्रतिस्पर्धा हुनेछ।
खेलाडीबाहेक भारतबाट १६७, बंगलादेशबाट १४७, श्रीलंकाबाट १८६, पाकिस्तानबाट १०५, माल्दिभ्सबाट १६८ र भुटानबाट २७ जना खेल पदाधिकारीसमेत नेपाल आएका छन्।
१३औं सागको लोगो
दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणमा प्रयोग गरिएको लोगो (प्रतीक चिन्ह)मा राखिएको परेवाको आकृति एवं त्यसमा प्रयोग भएको रंग शान्ति दर्शाउने खालको छ। त्यसको पृष्ठभूमिमा रहेको सोही रंगको रेखाले द्वेध अर्थ बोकेको छ– (क) स्वच्छन्दरूपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र (ख) हाम्रो देशलाई चिनाउने निश्चल हिमाल।
देब्रेतर्फ राखिएको प्वाँखाकृतिले परेवारूपी आकृतिलाई मास्तिर उड्न गति प्रदान गरेको छ भने प्वाँखरूपी सात आकृतिले सात सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दछ।
सात प्वाँखले रंगशालाको ‘ट्रेक’लाई पनि जनाउँछन्।
त्यसमा प्रयोग गरिएको रंगले सम्बन्धित राष्ट्रको झण्डाको समेत प्रतिनिधित्व गरेको छ। हुन पनि राष्ट्रिय पहिचानहरूमध्ये झण्डा नै पहिलो पहिचान हुन्छ।
लोगोमा राखिएका अक्षर र अंकले सागको तेह्रौँ संस्करण, सागको पूर्ण नाम, वर्ष र स्थान जनाउँछन्। समग्रमा यो प्रतीक चिन्हले सार्क राष्ट्रहरूबीच आपसी एकता, भाइचारा र स्वतन्त्ररूपमा उच्च लक्ष्यप्राप्तिको चाहनालाई दर्शाउँछ। विराटनगरका भोलानाथ पौड्यालले यो लोगो बनाएका हुन्।
१३औं सागको मस्कट
दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करणमा ‘कृष्णसार’लाई प्रयोग गरेर मस्कट डिजाइन गरिएको छ। कृष्णसारले सागको टर्च लिएको आकृति यसमा झल्कन्छ।
कृष्णसार बर्दिया (राष्ट्रिय निकुञ्ज) मा पाइने जनावर हो।
विश्वमा लोपोन्मुख जनावरमध्ये पर्ने कृष्णसार मृगजस्तै चलाख र छिटो कुद्छ।
खतराबाट जोगिनकै लागि यसको आँखा पनि तीखो हुन्छ। डिजाइनरले यही लोपोन्मुख जनावरलाई १३औं सागको मस्कटका रूपमा प्रयोग गरेका हुन्।
दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि सरकारले २३ फागुन २०६५ मा बर्दिया राष्ट्रिय निकुञ्जको १६.९५ वर्ग किलोमिटर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको थियो।
एक समय नेपालबाट कृष्णसार लोप भइसकेको आशंका गरिए पनि २०३२ सालमा खोजी गर्दा ९ कृष्णसार फेला परेका थिए। अहिले यसको संख्या झन्डै ३०० हाराहारीमा छ।
कमलबहादुरले बोक्नेछन् नेपालको झण्डा
१३ औं सागको उद्घाटन सत्रमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नेछन्।
नेपाल ओलम्पिक कमिटीले १४ मंसीरमा खेल अनुभव, अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा समेत सहभागिता जनाइसकेको आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरेको हो।
कमलले नवौं सागदेखि सहभागिता जनाउँदै आएका छन्।
नवौंपछि दशौं र ११औं सागमा पनि भाग लिएका कमलले १२औं सागमा भने सहभागिता जनाएनन्।
यो १३औं साग कमलको चौंथो साग हुनेछ। उनले श्रीलंकाको कोलम्बोमा सम्पन्न दशौं सागमा स्वर्ण पदक जितेका थिए।
कमलले कोरियामा सम्पन्न २०१७ को एशियन च्याम्पियनसिपमा तीन कास्य पदक जितेका थिए।
खेलाडीको तर्फबाट आयषा शाक्यले शपथ लिनेछिन् भने ओलम्पियन तथा कीर्तिमानी पदक विजेता दीपक विष्टले ओलम्पिक टर्च बाल्नेछन्।
त्यसैगरी रेफ्रीको तर्फबाट ब्याडमिन्टनका ‘एशिया सर्टिफिकेटेड रेफ्री’ दीपक थापाले शपथ लिनेछन्।
दुई पटक सरेको मिति
सन् २०१६ मा भारतको गुहाटी र सिलोङमा सम्पन्न सागबाट नेपालले १३औ संस्करण आयोजनाका लागि झण्डा लिएर आएको थियो।
प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने साग नेपालले सन् २०१८ मै आयोजना गर्नुपर्ने हो। तर, विभिन्न कारणले निर्धारित मितिमा सागको आयोजना हुन सकेन।
थाइल्याण्डको बैंककमा सम्पन्न ओलम्पिक काउन्सिलको बैठकले अन्तिम पटकलाई भन्दै सागको नयाँ मिति १–१० डिसेम्बर २०१९ लाई तोकेको हो।
ब्याडमिन्टन र खोखो आजबाट
१३औं दक्षिण एशियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनका खेल आजैदेखि पोखराको कभर्डहलमा शुरू हुनेछन्।
आज हुने टिम इभेन्ट्सका खेलमध्ये पुरुष टीम इभेन्ट्समा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ।
महिलातर्फ नेपालको नेपालको प्रतिद्वन्द्वी बंगलादेश रहेको छ।
सागका लागि ब्याटमिन्टमा नेपालबाट १० पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
खोखोका खेलहरू पनि आजै शुरु हुनेछन्।
उद्घाटन समारोहलगत्तै पुरुषतर्फ भारत र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ। त्यसपछि भोलि, १६ मंसीर बिहान १० बजे पुरुषतर्फ नै नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ।
महिलातर्फ नेपालले बंगलादेशसँग खेल्नेछ। त्यसपछि भारत र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ।
भलिबलको पुरुषतर्फका दुई सेमिफाइनल खेल पनि आजै हुनेछन्। पहिलो सेमिफाइनलमा भारतले श्रीलंकाविरुद्ध र दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ।
करातेका प्रतिस्पर्धा भने भोलि, १६ मंसीरबाट शुरू हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्