सागका लागि त्रिपुरेश्वर–शहीदगेट सडक ‘वान वे’

काठमाडाैं। १३औं दक्षिण एशियाली खेलकुदमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ) गरी १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सागको सुरक्षाका लागि सबै प्रबन्ध गरिसकिएको बताए। त्यसैगरी आवागमन सहज बनाउने उपायसमेत अबलम्बन गरिएको उनले बताए।

काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका मिलाउन प्रतियोगिताको उद्घाटन र समापनका दिन जोर बिजोर प्रणालीमा सवारीसाधन चलाउने निर्णय गरिएको छ।

दशरथ रंगशालामा खेल हेर्न आउने दर्शकका लागि टुँडिखेलमा पार्किङको व्यवस्था गरिएको छ।

त्यस्तै, त्रिपुरेश्वर–नागस्थान–शहीदगेटलाई ‘वान वे’ बनाइने प्रहरी महानिरीक्षक खनालले बताए।

कालीमाटीबाट सोझै थापाथली जान पाउने, थापाथलीबाट कालीमाटी सोझै जान पाउने, शहीदगेटबाट त्रिपुरेश्वर जान पाउने तर, त्रिपुरेश्वरबाट सुन्धारातर्फ जान नपाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्