१३औं साग पुरुष भलिबलः स्वर्णका लागि भारत-पाकिस्तान भिडन्त
काठमाडौं। पाकिस्तानले १३औं दक्षिण एशियाली खेलकुद (साग)को पुरुष भलिबलअन्तर्गत १७ मंसीरमा हुने फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको छ।

आज बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेकाे हाे।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध २५-१५, २५-२१, २६-२४ को नतिजा निकालेको हो।

पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको भारतले श्रीलंकालाई ३-१ सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो।

पाकिस्तानले फाइनलमा स्वर्णका लागि साबिक विजेता भारतको सामना गर्नेछ।

घरेलु मैदानमा समूह चरणका खेलमा जितविहीन हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ।

बंगलादेशविरुद्ध ३-२ सेटमा पराजित नेपाल भारतसँग सोझो सेटमा सीमित भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्