काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका एक लाख ६७ हजार ११० जना नेपाली स्वदेश फर्केका छन्। सरकार र सम्बन्धित देशमा रहेको नेपाली दूतावासको समन्वयमा उनीहरूलाई स्वदेश फिर्ता ल्याइएको हो।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार हालसम्म विश्वका ६० देशबाट नेपालीहरू फर्केका छन्। यसरी फर्कनेमा सबैभन्दा ठूलो संख्या युनाइटेड अरब इमिरेट्स (युएई) बाट फर्कनेहरू छन्।
हालसम्म कोरोनाका कारण उत्पन्न असहज परिस्थितिमा अलपत्र परेका ५१ हजार १७४ नेपालीलाई युएईबाट उद्धार गरी ल्याइएको छ।
सीसीएमसीको तथ्याङ्कअनुसार हालसम्म कतारबाट ३५ हजार ७६८ जना, मलेसियाबाट २१ हजार ८३८ जना, साउदी अरबबाट २१ हजार १०२ जना, कुवेतबाट १२ हजार ३४३ जना, जापानबाट चार हजार ९६० जना, टर्कीबाट चार हजार ६६१ जना, दक्षिण कोरियाबाट दुई हजार ६५ जना स्वदेश फर्केका छन्।
यस्तै, बहराइनबाट एक हजार ३३९, ओमानबाट एक हजार ८५३, अस्ट्रेलियाबाट एक हजार २४४, सिंगापुरबाट एक हजार ४९४, बंगलादेशबाट एक हजार ५२, माल्दिभ्सबाट एक हजार १८, चीनबाट ८६३, हङकङ/मकाउबाट ८८५, अमेरिकाबाट ६०५, बेलायतबाट २४४ र जोर्डनबाट ५७७ जनालाई उद्धार गरी ल्याइएको सीसीएमसीले जनाएको छ।
विदेशमा अलपत्र परी स्वदेश फर्कनेमा इजरायलबाट २५, साइप्रसबाट १६६, फिलिपिन्सबाट २०१, म्यानबारबाट २६, कम्बोडियाबाट ३३, थाइल्याण्डबाट ४८९, अफगानिस्तानबाट १२३, श्रीलंकाबाट १६, पाकिस्तानबाट १११, क्यानडाबाट ३८, डेनमार्कबाट २१, फिनल्याण्डबाट १९, नर्वेबाट २०, स्वीडेनबाट १३, अर्मेनियाबाट २, जर्मनीबाट ४७, पोल्याण्डबाट ५, चेक गणतन्त्रबाट २, स्वीट्जरल्याण्डबाट १५ र इटलीबाट ३९ जना रहेका छन्।
बेल्जियमबाट ९, नेदरल्याण्ड्सबाट ३०, अस्ट्रियाबाट ३, ग्रिसबाट ३९, स्पेनबाट १३, फ्रान्सबाट १९, पोर्चुगलबाट ५, युगाण्डाबाट ६, नाइजेरियबाट ४, सुडानबाट ५, दक्षिण सुडानबाट २५८, ट्युनेसियाबाट २, इथोपियाबाट ५, सोमबालियबाट १, इरानबाट २, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, भारतबाट ९५, इराकबाट ३९ र भुटानबाट ११ जनालाई उद्धार गरी ल्याइएको सीसीएमसीले जनाएको छ।
स्वदेश फर्कनेमध्ये प्रदेश १ का १६ हजार २७३, प्रदेश २ का १४ हजार १९८, बागमती प्रदेशका १९ हजार ८९, गण्डकी प्रदेशका १० हजार २१४, लुम्बिनी प्रदेशका १३ हजार ३२०, कर्णाली प्रदेशका एक हजार ६७३ र सुदूरपश्चिम प्रदेशका एक हजार ९०८ जना रहेका छन्।
स्वदेश फर्कनेमध्ये ९० हजार ४३२ जनाको प्रदेशगत पहिचान खुलेको छैन।
कोरोना महामारी सुरू भएयता दुई हजार १५ जना विदेशी नेपाल आएका छन्। यसरी आउने विदेशीमा काठमाडौंमा रहेका विभिन्न दूतावास र विभिन्न आईएनजीओमा कार्यरत कर्मचारी छन्।
" /> काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका एक लाख ६७ हजार ११० जना नेपाली स्वदेश फर्केका छन्। सरकार र सम्बन्धित देशमा रहेको नेपाली दूतावासको समन्वयमा उनीहरूलाई स्वदेश फिर्ता ल्याइएको हो।सीसीएमसीको तथ्याङ्कअनुसार हालसम्म कतारबाट ३५ हजार ७६८ जना, मलेसियाबाट २१ हजार ८३८ जना, साउदी अरबबाट २१ हजार १०२ जना, कुवेतबाट १२ हजार ३४३ जना, जापानबाट चार हजार ९६० जना, टर्कीबाट चार हजार ६६१ जना, दक्षिण कोरियाबाट दुई हजार ६५ जना स्वदेश फर्केका छन्।

">