ललितपुर महानगरपालिका २८ नम्बर वडाका इञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा <p>काठमाडाैं। ललितपुर महानगरपालिका-२८ नम्बर वडा&nbsp;इञ्जिनियर महेन्द्र महर्जनविरुद्ध भ्रष्टाचार&nbsp;मुद्दा दायर गरिएको छ।</p> <p>महर्जनविरुद्ध १० हजार&nbsp;रूपैयाँ बिगो मागदाबी गरेर आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।</p> <p>इञ्जिनियर&nbsp;महर्जनले सेवाग्राहीलाई घर निर्माण सम्पन्न प्रमाण-पत्र लिनका लागि रकम लाग्छ भनी घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।&nbsp;</p> <p>उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय&nbsp;मागदाबी गरेर विशेष अदालतमा&nbsp;आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्