काठमाडौं। कोभिड-१९का बीच सुनको भाउ अकासियो। सुनको भाउमा अचानक उछाल आयो। अघिल्लो वर्ष नै सुन उत्पादनमा एक प्रतिशत कमी आएको थियो। बहुमूल्य यो पहेँलो धातु उत्पादनमा पछिल्लो एक दशकमा आएको त्यो नै सबैभन्दा ठूलो गिरावट थियो।
जानकारहरूका अनुसार खानीबाट सुन निकाल्ने सीमा पूरा भइसकेको छ। जबसम्म खानीबाट सुन निकाल्ने काम बन्द गरिँदैन, तबसम्म सुनको उत्पादनमा गिरावट आई नै रहन्छ।
सुनको उच्च दाम हुनाले अमेजनको जंगलबाट यसको अवैध उत्खनन्को काम भएको छ। सुनको भाउ जतिसुकै बढे पनि मागमा भने कमी आएको छैन। सीएफआर इक्विटी रिसर्चका जानकार म्याट मिलरका अनुसार सुनको माग अहिलेको जति कहिल्यै पनि भएको थिएन।
संसारमा उत्पादित सुनको करिब आधा हिस्सा गरगहना बनाउन प्रयोग हुन्छ। यसमा त्यो हिस्सा सामेल छैन, जुन जमिनमुनि गाड्न प्रयोग हुन्छ। बाँकी रहेको आधा सुनमध्ये एकचौथाइ केन्द्रीय बैंकहरुले नियन्त्रण गरेका हुन्छन्। त्यसबाट पनि बचेको सुन लगानीकर्ता वा निजी कम्पनीले प्रयोग गरिरहेका हुन्छन्।
सुनः विश्वसनीय सम्पत्ति
कोरोना संक्रमणले सारा दुनियाँको अर्थतन्त्रमा नकारात्मक असर परेको छ। अमेरिकी डलरदेखि अन्य देशका पैसा कमजोर हुन गएका छन्। लगभग सबै देशको सरकारी सम्पत्तिको ठूलो हिस्सा महामारी नियन्त्रणमा खर्च भइरहेको छ। नोट छाप्नका लागि पनि भारी रकम उधारो लिइएको छ।
यही कारण पनि करेन्सीको मूल्य अस्थिर भएको जानकारहरु बताउँछन्। र, लगानीकर्ताहरू सुनलाई विश्वसनीय सम्पत्ति मान्छन्।
महामारीका कारण सुन उत्खनन् पनि प्रभावित भएको छ। निकट भविष्यमा यसको आपूर्ति बढन् सम्भावन पनि छैन। मिलर भन्छन्, ‘‘सुनको माग बजारमा यसै गरी बढिरहने छ। बजारमा अहिले पाइने सुन अधिकांशः रिसाइकल गरिएको छ।’’ एक शोधबाट के पत्ता लगाइएको छ भने, पछिल्ला २० वर्षमा जति पनि सुन आपूर्ति भएको छ, त्यसको ३० प्रतिशत रिसाइक्लिङका माध्यमबाट आएको छ।
उत्खनन्को विरोध
सुन उत्खनन्मा केही विषालु रसायनको प्रयोग हुन्छ। त्यस्तो रसायन पर्यावरणका लागि घातक छ।
जर्मनीको गोल्ड रिफाइनरीले गरेको नयाँ शोधअनुसार एक किलो सुन रिसाइकल गर्दा ५३ किलोजति कार्बन डाइअक्साइड निस्कन्छ। उत्खनन् गर्दा भने १६ टनबराबर कार्बन डाइअक्साइड निस्कन्छ।
सुन उत्खनन्न पर्यावरणमा नकारात्मक असर पर्ने त पक्का छ। यसैले संसारभर जहाँजहाँ सुनखानी छ, त्यहाँका स्थानीय उत्खनन्को विरोध गर्छन्। यही विरोधका कारण नै सुन उत्पादनमा कमी आएको हो।
चिलीको पास्कु आ-लामास्थित सुन खानीमा उत्खनन् रोकियो, किनकि त्यहाँका स्थानीय पर्यावरण संरक्षक कार्यकर्ताले विरोध गरे। उत्तरी आयरल्यान्डमा पनि उत्खनन्को विरोधमा मानिसहरु सडकमा उत्रिए। त्यहाँ थुप्रै कम्पनीहरूले सुन उत्खनन् प्रोजेक्ट सुरू गर्न चाहेका थिए।
त्यसो त सुनखानीमा उत्खनन् रोकिँदा सम्बद्ध देशमा रोजगारीमा पनि उच्च गिरावट आएको छ। उत्खनन्को जिम्मा पाएका कम्पनीहरुले स्थानीयलाई रोजगारी दिनुका साथै अन्य माग पनि पूरा गर्दै आएका छन्। तर पनि विरोध रोकिएको छैन। उत्खनन्का कारण पर्यावरणमा असर पर्ने सत्य एकातिर छ भने अर्कोतिर स्थानीयको जिन्दगी नै बदलिएको तथ्य पनि बिर्सन मिल्दैन।
अमेरिकाको नेभाडा सुबेको गोल्डमाइन संसारकै सबैभन्दा ठूलो खानी हो। त्यहाँबाट वार्षिक सय टनभन्दा बढी सुन निकालिन्छ। सुनखानीबाट सुन मात्र निकालिँदैन, अन्य बहुमूल्य धातु जस्तैः तामा र सिसा पनि निकालिन्छ।
(बीबीसी)
" /> काठमाडौं। कोभिड-१९का बीच सुनको भाउ अकासियो। सुनको भाउमा अचानक उछाल आयो। अघिल्लो वर्ष नै सुन उत्पादनमा एक प्रतिशत कमी आएको थियो। बहुमूल्य यो पहेँलो धातु उत्पादनमा पछिल्लो एक दशकमा आएको त्यो नै सबैभन्दा ठूलो गिरावट थियो।जानकारहरूका अनुसार खानीबाट सुन निकाल्ने सीमा पूरा भइसकेको छ। जबसम्म खानीबाट सुन निकाल्ने काम बन्द गरिँदैन, तबसम्म सुनको उत्पादनमा गिरावट आई नै रहन्छ।

">