तनहुँमा खोरमा पर्यो आक्रमक चिुतवा

काठमाडौं। तनहुँको भान नगरपालिका–३ स्थित कालिका सामुदायिक वनमा थापेको खोरमा एउटा वयस्क चिुतवा परेको छ।

करीब १० वर्ष उमेर अनुमान गरिएको उक्त चितुवा ५० केजी तौलको छ ।

वयस्क पोथी चितुवालाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा बुझाएको डिभिजन वन कार्यायल तनहुँका प्रमुख केदार बरालले बताए। “आक्रमक चितुवा नियन्त्रणमा लिएर निकुञ्जलाई बुझायौं”, उनले भने।

चितुवाको आक्रमणमा परेर तनहुँको भानु नगरपालिकामा पछिल्लो डेढ वर्षमा मात्रै ६ जना बालबालिकाको ज्यान गइसकेको छ।

आज खोरमा परेको सहित गरी डिभिजन वन कार्यालयले अहिलेसम्म पाँचवटा चितुवालाई यसरी नियन्त्रणमा लिएर अन्यत्र स्थानान्तरण गरेको छ। मंसीरको पहिलो साता एउटा बच्चासहित दुईवटा चितुवा मृत अवस्थामा भेटिएका थिए।

आज नियन्त्रणमा लिएको चितुवा घाइते अवस्थामा छ। त्यसलाई उपचारपछि निकुञ्जमा छाडिनेछ।

खोरमा परेको चितुवा हेर्न सयौंको संख्यामा मानिसहरू भेला भएका र उनीहरूलाई आक्रमणको प्रयास गर्दा फलामको जालीमा ठोक्किएर चितुवा घाइते भएको बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्