प्रधानमन्त्री ओलीले अस्पतालमै हेरे १३औं सागको उद्घाटन

काठमाडाै‌। प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) को भव्य उद्घाटन समारोह अस्पतालमै बसेर हेरेका छन्।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि अहिले मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन् । १० मंसीरमा प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो।

आज साँझ दशरथ रंगशालामा भएको १३ औं सागको भव्य उद्घाटन समारोहमा प्रधानमन्त्री ओली विशिष्ट अतिथिका रुपमा उपस्थित हुने पूर्वनिर्धारित कार्यक्रम थियो।

तर, स्वास्थ्यमा आएको समस्याका कारण उनी दशरथ रंगशालाको भव्य कार्यक्रममा उपस्थित हुन सकेनन्।

“रंगशालामै उपस्थित हुन नसके पनि प्रधानमन्त्रीज्यूले अस्पतालमै आइप्याडमा उद्घाटन समारोहको प्रत्यक्ष प्रशारण हेरिरहनुभएको छ”, प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस्