काठमाडौँ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नुअघि नै सय दिनभित्र १० करोड मानिसलाई भ्याक्सिन लगाउने लक्ष्य लिएका छन्। पदभार ग्रहण गरेको सुरुआती महिनामै महामारी नियन्त्रण गर्न नसकिए पनि यसको फैलावट कम पार्न सकिने र यसले मानिसको जिन्दगी परिवर्तन हुने उनले बताए।
उनको शपथग्रहण जनवरी २० मा हुनेछ। त्यसपछि उनले आफ्नो स्वास्थ्य टोलीलाई आवश्यक निर्देशन दिने र अमेरिकी नागरिकलाई ‘१०० दिनका लागि मास्क लगाउन’ पुनः अनुरोध गर्नेछन्।
मंगलबार सार्वजनिक भएको एक रिपार्टअनुसार अमेरिकी नागरिकका लागि फाइजर÷बायोएनटेक भ्याक्सिनलाई मन्जुरी दिइने र यसलाई बाहिर ल्याउने बाटो खुलेको छ। यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा वार्प स्पिड नामक कोरोना भ्याक्सिनेसन प्रोग्रामबारे गरिएको एक सम्मेलनमा भ्याक्सिनको सम्भावित मन्जुरीको स्वागत गरेका छन्।
जोन हप्किन्स विश्वविद्यालयअनुसार, अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणले डेढ करोडभन्दा बढी नागरिक प्रभावित भएका छन् भने दुई लाख ८५ हजार मानिसको ज्यान गइसकेको छ। यी दुवै अंक संसारमा सबैभन्दा ज्यादा हो।
उता, बाइडेनले डेलाभेयरमा आयोजित प्रेस वार्तामा क्यालिफोर्नियाका अटोर्नी जनरल जेभियर बेसेरालाई स्वास्थ्यमन्त्री बनाइने बताएका छन्। साथै, रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख रोसेल वालेन्स्कीलाई बनाइनेछ।
बाइडेनले भने, ‘‘पहिलो १०० दिनमा हामी बिरामीको गतिलाई बदल्न सक्छौं र अमेरिकीको जिन्दगी सुन्दर बनाउन सक्छौं।’’ तर, देशको संसद् कांगे्रसले तत्कालै फन्डबारे फैसला गरेन भने कोरोना भाइरस नियन्त्रणको कोसिस सुस्त हुनेछ। उनले बालबच्चाको विद्यालय पुनः सञ्चालनमा ल्याउनुलाई प्राथमिकता दिनुपर्ने पनि बताए।
बाइडेनका अन्य सहयोगीमा डा. एन्थोनी फाउची पनि रहने छन्। उनलाई चिफ अफ कोभिड मेडिकल एड्भाइजर बनाइने छ। संक्रामक रोग विशेषज्ञ डा. फाउची ट्रम्प टिमको पनि सल्लाहकार थिए, तर उनको विचार राष्ट्रपति ट्रम्पलाई मन पर्दैनथ्यो।
अमेरिकी नागरिकसम्म भ्याक्सिन पु¥याउने कार्यक्रम अपरेसन वार्प स्पिडको कोसिसबारे ह्वाइट हाउसमा ट्रम्पले मंगलबार कार्यक्रम गरेका थिए। तर, अमेरिकामा खोप अभियान भने बाइडेनको टिमले नै गर्ने देखिएको छ।
भ्याक्सिनको सम्भावित मन्जुरीबारे कार्यक्रममा ट्रम्पले भने, ‘‘उनीहरू भन्छन्, यो जादु हो र मलाई पनि त्यस्तै लाग्छ। अमेरिकामा जो भ्याक्सिन लगाउन चाहन्छ, उसलाई त्यो उपलब्ध हुनेछ। आगामी वसन्त ऋतुसम्म नसोचेको परिणामा आइसक्ने छ।’’
ट्रम्प प्रशासनले आउँदो जनवरीसम्ममा करिब अढाइ करोड मानिसले खोप लगाइसक्ने अपेक्षा गरेको छ। राष्ट्रपतिले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी नागरिकलाई सबैभन्दा पहिला खोप उपलब्ध हुनुपर्ने बताएका थिए।
तर, बेलायतले मंगलबार खोप अभियान सुरु गरिसकेको छ। अमेरिका खोप सुरु गर्ने पहिलो देश बन्न सकेन।
बीबीसी
" /> काठमाडौँ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नुअघि नै सय दिनभित्र १० करोड मानिसलाई भ्याक्सिन लगाउने लक्ष्य लिएका छन्। पदभार ग्रहण गरेको सुरुआती महिनामै महामारी नियन्त्रण गर्न नसकिए पनि यसको फैलावट कम पार्न सकिने र यसले मानिसको जिन्दगी परिवर्तन हुने उनले बताए।उनको शपथग्रहण जनवरी २० मा हुनेछ। त्यसपछि उनले आफ्नो स्वास्थ्य टोलीलाई आवश्यक निर्देशन दिने र अमेरिकी नागरिकलाई ‘१०० दिनका लागि मास्क लगाउन’ पुनः अनुरोध गर्नेछन्।

">