काठमाडौं। कोरोना महामारीबीच विभिन्न ११ देशमा मृत्यु भएका ४९५ जना नेपालीको शव नेपाल ल्याइएको छ। सोही अवधिमा नेपालमा रहेका परिवारसँग सहमति लिई ४१० शवको सम्बन्धित देशमै अन्त्येष्टि गरिएको छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार कोरोनाका कारण सरकारले २०७६ चैत ११ गते लकडाउन सुरू गरेयता २०७७ मङ्सिर २३ गतेसम्म एक हजार २०४ वटा अन्तर्राष्ट्रिय हवाई उडान भएका छन्, जसमध्ये ७०६ उडान नियमित थिए। यीनै उडानहरूमार्फत विदेशमा मृत्यु भएका ४९५ जनाको शव नेपाल ल्याइएको सीसीएमसीले जनाएको छ।
सीसीएमसीको तथ्याङ्क अनुसार कोरोना महामारी सुरू भएयता सबैभन्दा बढी नेपालीको शव मलेसियाबाट आएका छन्। २०७६ चैत ११ देखि २०७७ मङ्सिर २३ गतेसम्मको अवधिमा मलेसियाबाट १८६ जनाको शव नेपाल ल्याइएको छ।
दोस्रो ठूलो संख्यामा शवमा साउदी अरबबाट नेपाल ल्याइएको छ। उक्त अवधिमा साउदीबाट १२६ जनाको शव नेपाल ल्याइएको छ।
यस्तै, कोरोना महामारी सुरू भएपछि ओमानबाट २, कतारबाट ९५, कुवेतबाट ११, जापानबाट १, दक्षिण कोरियाबाट ४, माल्दिभ्सबाट १, युनाइटेड अरब इमिरेट्स (युएई)बाट ५२, बहराइनबाट १४, चीनबाट २ र टर्कीबाट १ जना नेपालीको शव ल्याइएको सीसीएमसीको तथ्याङ्क छ।
कोरोना संक्रमणबाट मृत्यु भएका धेरैजसो नेपालीको अन्त्येष्टि परिवारको सहमति लिई सम्बन्धित देशमै गरिएको छ। कोरोना महामारी सुरू भएयता ४१० जना नेपालीको अन्त्येष्टि विदेशमा गरिएको तथ्याङ्क छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार हालसम्म विश्वका बिभिन्न २० देशमा ३०१ जना नेपालीको मृत्यु कोरोना संक्रमणका कारण भएको छ। नेपालबाहेक हालसम्म विश्वका ४९ देशमा रहेका साढे ४८ हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणबाट मृत्यु भएका केही नेपालीको शव भने नेपालमै ल्याएर अन्त्येष्टि गरिएको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ सुरू भएयताको पहिलो तीन महिना (साउनदेखि असोज)मा मात्र विदेशबाट ल्याइएका एक महिलासहित २६८ जना मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म पुर्याइएको छ।
बोर्डले गत साउन १ गतेदेखि असोज मसान्तसम्म २३४ जना शवको अन्त्येष्टि विदेशमै गर्नको लागि सहमति प्राप्त गरेको थियो। यीमध्ये १३१ जनाको मृत्युको कारण कोरोना संक्रमण रहेको थियो। यसरी विदेशमै अन्त्येष्टि गर्न सहमति दिने परिवारलाई बोर्डले थप ५० हजार रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने नीति लिएको छ। वैदेशिक रोजगारका क्रममा विदेशमा मृत्यु हुने कामदारको परिवारलाई बोर्डले आर्थिक सहायता स्वरूप सात लाख रूपैयाँ उपलब्ध गराउँदै आएको छ।
आर्थिक वर्ष २०७६/७७ मा काम गर्ने सिलसिलामा विदेशमा मृत्यु भएका १७ जना महिलासहित ६५६ जनाको परिवारलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो। बोर्डले उनीहरूका परिवारलाई कूल ४५ करोड ९२ लाख रूपैयाँ उपलब्ध गराएको थियो।
गत आर्थिक वर्ष सबैभन्दा बढी नेपाली कामदारको मृत्यु मलेसियामा भएको थियो। बोर्डको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मलेसियामा १७६, साउदी अरबमा १५१, कतारमा ११५, युएईमा १०६, कुवेतमा ३७, दक्षिण कोरियामा १०, जापानमा ८, बहराइनमा ८ जनाको मृत्यु भएको थियो। बाँकीको मृत्यु अन्य देशमा भएको थियो।
गत आर्थिक वर्ष विदेशमा मृत्यु हुने नेपाली कामदारमा सबैभन्दा बढी धनुषाका रहेका थिए। धनुषाका ३९ जनाको मृत्यु मलेसिया र खाडी राष्ट्रमा भएको थियो।
" /> काठमाडौं। कोरोना महामारीबीच विभिन्न ११ देशमा मृत्यु भएका ४९५ जना नेपालीको शव नेपाल ल्याइएको छ। सोही अवधिमा नेपालमा रहेका परिवारसँग सहमति लिई ४१० शवको सम्बन्धित देशमै अन्त्येष्टि गरिएको छ।सीसीएमसीको तथ्याङ्क अनुसार कोरोना महामारी सुरू भएयता सबैभन्दा बढी नेपालीको शव मलेसियाबाट आएका छन्। २०७६ चैत ११ देखि २०७७ मङ्सिर २३ गतेसम्मको अवधिमा मलेसियाबाट १८६ जनाको शव नेपाल ल्याइएको छ।

">