काठमाडौं। २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि चुनावी राजनीतिमा होमिएको साझा पार्टीले १४ मंसीरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनलाई प्रतिष्ठाको लडाईंका रूपमा चर्चा गर्यो।
त्यसबेला साझाले स्थानीय तह निर्वाचनमा काठमाडौं र ललितपुर महानगरपालिकामा केही लोकप्रिय मत ल्यायो। प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा साझाका अध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसबाट निर्वाचित प्रकाशमान सिंहलाई कडा टक्कर दिए। समानुपातिकतर्फ राम्रो मत ल्याएर साझाले प्रदेशसभामा आफ्ना तीनजना सदस्य पठायो।
त्यसयता साझा पार्टीले मूलधारका दलहरूलाई ‘पुराना पार्टी’का रूपमा चर्चा गर्दै आफूलाई नै वैकल्पिक शक्ति दावी गरिरहेको छ। त्यहीअनुसार यसपालिको उपनिर्वाचनमा उसले प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ भक्तपुर–१ ‘क’ र दाङ–३ ‘ख’ तथा स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिकामा उम्मेदवारी दियो। उम्मेदवारी मात्र होइन, यसपालि साझाको आक्रामक प्रचारशैली पनि देखियो।
तर, उपनिर्वाचनको नतिजा सार्वजनिक भइरहँदा साझा पार्टीले नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेसजस्ता मूलधारका दलहरूसँग प्रतिस्पर्धा नै गर्न नसकेको देखिन्छ। साझाले पाएको झिनो मतपरिणामले त्यही देखाउँछ।
कतिसम्म भने, पृथकतावादी गतिविधि त्यागेर मूलधारमा शान्तिपूर्ण राजनीति गर्ने घोषणासहित आएका सीके राउतको ‘जनमत’ पार्टीको भन्दा पनि कमजोर देखिएको छ, उपनिर्वाचनमा साझा पार्टीको अवस्था। यो बेग्लै हो कि प्रदेश–२ केन्द्रित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको तुलनामा राउतको पार्टीको हालत पनि उस्तै दयनीय छ।
तर, प्राप्त मतको प्रतिशत हेर्ने हो भने साझाको तुलनामा जनमत पार्टीले लोकप्रिय मत पाएको छ।
साझा पार्टीले प्रचारमा ठूलो जोडबल लगाएको कास्की–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई नै हेरौं।
त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा साझा पार्टीले ९४२ मत प्राप्त गरेको छ।
प्रतिशतमा हेर्दा साझाले कूल खसेको मत ४५ हजार ५४६ मध्ये २.०६ प्रतिशत मात्र प्राप्त गरेको हो। त्यसैगरी प्रदेशसभाअन्तर्गत भक्तपुरमा साझा पार्टीका उम्मेदवारले ३९३ मत मात्र पाए। यो कूल खसेको मतको १.२२ प्रतिशत मात्र हो।
धरान उपमहानगरपालिकाको मेयरमा साझाले अहिलेसम्म जम्मा ४३ मत प्राप्त गरेको छ। साँझ ७ बजेसम्म २३ हजार ४०७ मत गणना भएको मतमध्ये साझाले प्राप्त गरेको मत ०.१८ प्रतिशत मात्र हो।
त्यस्तै ४५ हजार ७१९ मत खसेको दाङ–३ ख मा साँझ ८ बजेसम्म ३० हजार ४४४ मत गणना भइसकेको छ, जसमा साझाका उम्मेद्वारले १३४ मत पाएका छन्। जुन गणना भएको मतको ०.४४ प्रतिशत हुन आउँछ।
साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले अपेक्षाकृत मत नभए पनि अस्वाभाविक नभएको बताए। उनले भने, “राजनीतिक शैली र मतदानको इन्जिनियरिङ ठूला दलहरूले अपनाएका छन्, यसले जनता बन्दी नै छन्।”
यहीकारण हुन सक्छ, साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ट्वीट गर्दै भनेका छन्, “उपचुनावले साझा पार्टीले छोटो समयमा जे गर्यो, त्यसमा थप धेरै मिहिनेत गर्नुपर्ने सन्देश दिएको छ। साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ।”
प्रदेश–२ मा उपनिर्वाचन भएका ९ वटा वडामध्ये महोत्तरीको बलवा–२ मा सीके राउतको जनमत पार्टीले २२३ मत प्राप्त गरेको छ। यो खसेको कूल मतमध्ये १९.३२ प्रतिशत हो। उक्त वडामा प्रतिस्पर्धाको आधारमा जनमत पार्टीले तेस्रो स्थान प्राप्त गरेको छ।
त्यस्तै, सिरहाको कल्याणपुर नगरपालिका–१२ मा जनमत पार्टीले १६० मत प्राप्त गरेको छ, जुन खसेको कूल मतमध्ये ६.४५ प्रतिशत हो। सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा जनमत पार्टीले पाएको ५२ मत ४.७५ प्रतिशत हो। सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा भने उसले ११ मत मात्र पायो।
त्यस्तै महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा जनमत पार्टीले ६१६ मत प्राप्त गरेको छ। उक्त गाउँपालिकामा खसेको कूलमत १२ हजार ५८९ मध्ये यो ४.८९ प्रतिशत हो।
उपनिर्वाचनमा पाएको मत स्वाभाविक भएको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले बताए। उनले भने, “राम्रा उम्मेदवारले राम्रै मत पाएका छन्, कतिपय ठाउँमा ठूला दलको राजनीतिक शैली नै प्रमुख कारण हो।”
जनमत पार्टीले तराईका विभिन्न जिल्लाका स्थानीय तहका १० वटा वडामा अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो।
" /> काठमाडौं। २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि चुनावी राजनीतिमा होमिएको साझा पार्टीले १४ मंसीरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनलाई प्रतिष्ठाको लडाईंका रूपमा चर्चा गर्यो।त्यसबेला साझाले स्थानीय तह निर्वाचनमा काठमाडौं र ललितपुर महानगरपालिकामा केही लोकप्रिय मत ल्यायो। प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा साझाका अध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसबाट निर्वाचित प्रकाशमान सिंहलाई कडा टक्कर दिए। समानुपातिकतर्फ राम्रो मत ल्याएर साझाले प्रदेशसभामा आफ्ना तीनजना सदस्य पठायो।

">