काठमाडौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनले भ्रष्टाचार अनुमोदन गरेको टिप्पणी गरेका छन्।
उपनिर्वाचनमा साझा पार्टीका उम्मेद्वार पराजित भएपछि मिश्रले सामाजिक सञ्जालमा यस्तो टिप्पणी लेखेका हुन्।
“मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ”, मिश्रले लेखेका छन्।
साथै उनले युवा मतदाता देशमा नभएको र बाँकी मतदाताले आफूहरूलाई भोट नहालेको पनि आरोप लगाएका छन्।
“दशौँ लाख युवा विदेशमा भएकोले र बाँकीमा राजनीतिप्रतिको वितृष्णाले यस्तो भएको हुनसक्छ, जुन साझा पार्टीका लागि मात्र होइन, देश रूपान्तरणका लागि चिन्ताजनक विषय हो”, मिश्रले लेखेका छन्।