आज नेपाली पुरूष टाेलीले भुटानलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ।
नेपालका नम्बर एक रत्नजित तामाङले भुटानका अनिश गुरुङलाई २१–६, २१–९ ले पराजित गर्दा दीपेश धामीले नैदुप दोर्जेलाई २१–१३, २१–१४ ले हराएका थिए।
त्यस्तै उदीयमान खेलाडी प्रिन्स दाहालले नोर्वु ड्रढुललाई २१–१२, २१–५ ले पराजित गर्दै टीम इभेन्ट्समा नेपालको पदक पक्का गरेका थिए।
त्यस्तै महिला टोलीले पनि बंगलादेशलाई समान ३–० को नतिजामा हराउँदै पदक पक्का गरेका हुन्।
नङ्गशल देवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१, २१–१७ को सेटमा हराउँदा रसिला महर्जनले एलिना सुल्तानालाई २८–२६, २१–१९ ले पराजित गरिन्।
जेशिका गुरुङले विस्त्री खातुनलाई २१–१८, २२–२० ले पराजित गरेपछि महिलातर्फको टीम इभेन्ट्समा पनि नेपालको पदक पक्का भएको हो।
नेपालका महिला र पुरुष दुवै टोलीले फाइनल प्रवेशका लागि अब श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
ट्रायथलनको प्रतिस्पर्धा भोलिबाट
पोखरामै हुने ट्रायथलनका खेलहरू खेलको भोलिबाट शुरू हुनेछन्।
बिहान हुने ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ नेपालका नितेश मानन्धर र वसन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्नेछन्।
खेलाडीहरूले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गर्नेछ।
फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी पूरा भएको ट्रायथलन संघले जनाएको छ। दुई स्वर्ण पदकको छिनोफानो भोलि नै हुनेछ।
प्रतियोगितामा नेपाल, भारत र श्रीलंका गरी तीन देशको सहभागिता छ।
" /> पोखरा रंगशालामा जारी १३औं सागअन्तर्गत ब्याडमिन्टन प्रतियाेगिताकाे टीम ईभेन्टस्मा नेपालले पदक पक्का गरेको छ।आज नेपाली पुरूष टाेलीले भुटानलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ।

">