काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी फेसबुकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती आइपरेको छ। अमेरिकाका ४६ राज्य एकजुट भएर फेसबुकविरुद्ध मुद्दा दायर गरेपछि चुनौती आएको हो।
ती राज्यहरूले मुद्दा जितेको अवस्थामा फेसबुकले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्ने हुन सक्छ। फेसबुकले मुद्दा हार्नुको मतलब कम्पनीलाई टुक्र्याएर सानो कम्पनीमा सीमित हुनु हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार फेसबुकविरुद्ध मुद्दा दर्ता गर्न अमेरिकाको संघीय व्यापार आयोगलाई ५० वटा ओरिकीमध्ये ४६ राज्यले साथ दिएका छन्।
कम्पनीले आफ्ना साना प्रतिस्पर्धी कम्पनी किन्न वा उनीहरूलाई कमजोर पार्न विभिन्न प्रकारको रणनीति अपनाउँदै आएको छ। कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर भएपछि अमेरिकामा गुगलपछि यस्तो चुनौतीको सामना गर्ने दोस्रो कम्पनी बनेको छ।
" /> काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी फेसबुकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती आइपरेको छ। अमेरिकाका ४६ राज्य एकजुट भएर फेसबुकविरुद्ध मुद्दा दायर गरेपछि चुनौती आएको हो।ती राज्यहरूले मुद्दा जितेको अवस्थामा फेसबुकले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्ने हुन सक्छ। फेसबुकले मुद्दा हार्नुको मतलब कम्पनीलाई टुक्र्याएर सानो कम्पनीमा सीमित हुनु हो।

">