चार महीनामा प्रदेश ३ को पुँजीगत खर्च चार प्रतिशत

काठमाडौं। प्रदेश ३ सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को लागि बजेट सार्वजनिक गरेको चार महीना बितेको छ।

यो अवधिमा प्रदेश सरकारले जम्मा ४ दशमलब २० प्रतिशत खर्च गरेको छ।

साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारले दुई अर्ब एक करोड ७८ लाख ३९ हजार ९६४ रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रथम चौमासिकमा प्रदेश सरकारले चालुगततर्फ एक अर्ब ४० करोड ४६ लाख अर्थात् २ दशमलब ७० प्रतिशत मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए।

चालु आर्थिक वर्षका लागि १ साउनदेखि कार्यान्वयन हुने गरी प्रदेश सरकारले बजेट सार्वजनिक गरेको थियो।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ८७ लाख रूपैयाँ बजेट सार्वजनिक गरेको थियो।

५१ दशमलब ३९ प्रतिशत अर्थात् २४ अर्ब ४६ करोड रूपैयाँ चालुगत खर्च छुट्याइएकोमा बजेटमा पुँजीगततर्फ ४७ दशमलब ९८ प्रतिशत अर्थात् २२ अर्ब ८३ करोड ९८ लाख रूपैयाँ विनियोजन गरिएको उल्लेख छ।

प्रदेश सरकारले वित्तीय व्यवस्थापनमा ३० करोड रूपैयाँ छुट्याएको आजको नयाँ पत्रिकामा समाचार छ।

प्रतिक्रिया दिनुहोस्