काठमाडौं। संरक्षित र संकटापन्न वन्यजन्तुको सूचीमा रहेको गैँडाको चोरी सिकार ६ वर्षपछि फेरि बढेको छ।
पछिल्लो पाँच महिनामै चारवटा गैँडा चोरी सिकारमा परेका छन्। जबकि, २०७१ वैशाख २० गतेदेखि २०७७ असार मसान्तसम्म एउटा पनि गैँडा मारिएको थिएन।
अर्थात् चोरी सिकारी गर्नेहरूको निशानामा गैँडा परेको थिएन। यी सबै गैँडा चितवन राष्ट्रिय निकुञ्जमा मारिएका हुन्।
निकुञ्ज प्रशासनले ६ वर्षसम्म गैँडाको सुरक्षा राम्ररी गर्न सकेको देखिन्छ। तर, गत साउनयता संरक्षण गर्न किन सकेन? गम्भीर प्रश्न उब्जिएको छ।
सोही निकुञ्जले २०७३ सालको माघ १४ गते (२०७१ वैशाख २० देखि २०७३ माघ १४ गतेसम्म) एक हजार दिन शून्य चोरी सिकार अवधि भन्दै ‘सुनौलो हजार दिन’ भनेर उत्सव नै मनाएको थियो।
त्यसयता पनि तस्करबाट गैँडा चोरी सिकार भएन। तर, पछिल्लो पाँच महिनामा भएका चारवटा गैँडाको चोरी सिकारले संरक्षणकर्मीदेखि सरोकारवालाहरूलाई चुनाैती थपेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले कोभिड-१९ संक्रमणको महामारीका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा तस्करहरूले गैँडाको चोरी सिकार गरेको बताए।
“हामीले गैँडामाथि हुने चोरी सिकार पूर्णरूपमा नियन्त्रण गर्न सकेका थियौं तर, बन्दाबन्दीको बेला चोरी सिकार भएको देखियो,” अधिकारीले देखापढीलाई बताए।
२०७१ सालमा भएको सर्वेक्षणअनुसार ६४५ वटा गैँडा छन्। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा छन्।
बाँकी बर्दिया राष्ट्रिय निकुञ्जमा २९ वटा, शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा आठ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा रहेको सर्वेक्षणले देखाएको छ।
“गैँडाको चोरी सिकारमा संलग्न अधिकांश तस्कर कारागारमुक्त भएका छन्, कारागारमुक्त भएकाहरू २०६१/६२ सालतिर पक्राउ परेका थिए। उनीहरू नै चोरी सिकारमा संलग्न भएको भन्ने हामीले ठानेका छौं, अनुसन्धान भइरहेको छ।”
यी निकुञ्जहरूमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वको क्रममा गैँडाको चोरी सिकार मौलाएको थियो।
द्वन्द्वको समयमा मौका छोप्दै तस्करहरूले निशाना गैँडालाई बनाएका थिए। तर, एक दशकपछि फेरि तस्करको निशानामा गैँडा परेको देखिएको छ।
यसको अर्को कारण २०६१/६२ सालमा पक्राउ परेका तस्करहरू कारागारमुक्त हुनु पनि रहेको अधिकारी ठान्छन्।
“गैँडाको चोरी सिकारमा संलग्न अधिकांश तस्कर कारागारमुक्त भएका छन्, कारागारमुक्त भएकाहरू २०६१/६२ सालतिर पक्राउ परेका थिए,” अधिकारीले भने, “उनीहरू नै चोरी सिकारमा संलग्न भएको भन्ने हामीले ठानेका छौं, अनुसन्धान भइरहेको छ।”
निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७७/७८ मा एक जना तस्करलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ।
त्यसअघिका आर्थिक वर्षहरू २०७५/७६ मा चार जना र २०७६/७७ मा एक जना तस्करलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको जनाएको छ।
चोरी सिकार बढेपछि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चासो देखाएको छ। समितिको टोली केही दिन अगाडि चितवन राष्ट्रिय निकुञ्जमा पुगेको थियो।
टोलीले निकुञ्जका प्रमुख संरक्षण अधिकृतदेखि निकुञ्ज सुरक्षार्थ तैनाथ बटुक दल गणका गणपतिलगायतसँग गैँडाको चोरी सिकार हुनुको कारण र प्राकृतिक वा अन्य कारणले पनि बढी सङ्ख्यामा गैँडा मरेको विषयमा जानकारी लिएको छ।
टोलीमा संलग्न समिति सदस्य तथा सांसद शान्ता चौधरीले निकुञ्जको पश्चिमी क्षेत्रमा तस्करहरूले बढी गैँडाको चोरी सिकार गरेको थाहा पाएको बताएकी छिन्।
“निकुञ्ज प्रशासनले पूर्वी क्षेत्रमा माइकेनीया झारले गैँडाको चरन क्षेत्रमा रहेको आहारा ढाकिएपछि आहाराको खोजी गर्दै निकुञ्जको पश्चिम क्षेत्रमा गैँडा केन्द्रित भएको भनेको छ,” सांसद चौधरीले भनिन्, “फेरि, गत वर्षायाममा नारायणी नदीमा बाढी आउँदा सेनाको तीन/चार वटा सुरक्षा पोस्ट नै उठाउनु पर्दा गस्ती गर्न नपाएको मौकामा तस्करले गैँडाको चोरी सिकार गरेको भन्ने छ।”
सांसद चौधरीका अनुसार निकुञ्ज आसपासका नागरिकले भने गैँडाको चोरी सिकार हुनुको कारण निकुञ्ज प्रशासनको लापारबाही मुख्य रहेको औंल्याएका छन्। र, पर्याप्त जनशक्ति हुँदाहुँदै पनि निकुञ्ज प्रशासनले प्रभावकारी ढङ्गले जनशक्ति परिचालन गर्न नसकेको स्थानीयले बताएका छन्।
निकुञ्जले सुराकी परिचालन, सुराक संकलनसँगै कुकुरको प्रयोग र अत्याधुनिक प्रविधिको प्रयोग गरेर गरिने गस्तीमा सुस्तता देखिएको संसदीय टोलीलाई स्थानीयले बताएका छन्।
तर, निकुञ्जका सूचना अधिकारी अधिकारीले भने त्यसलाई अस्वीकार गरे। उनले सुराक परिचालन, संकलनसँगै अत्याधुनिक प्रविधिको प्रयोग निरन्तर भइरहेको दाबी गरे।
खागको लागि गैँडाको चोरी सिकार, तर खागको प्रमाणित फाइदा छैन
संरक्षणविद् डा. भीम अधिकारीका अनुसार खागको अवैध व्यापार प्रयोजनको लागि गैँडाको चोरी सिकार हुने गरेको छ।
यसमा स्थानीय सिकारी, मध्यस्थकर्ता र अन्तर्राष्ट्रिय अवैध व्यापारीहरू गरी तीन तहमा संलग्नता हुने गरेको देखिन्छ।
उनले “इकोनोमिक इन्सेन्टिभ्स् एण्ड पोचिङ अफ दि वान हन्र्ड इण्डियन राइनोसर्स इन नेपाल” नामक अध्ययन पुस्तिकामा उक्त कुरा खुलाएका छन्।
“हाम्रो अनुसन्धानले गैँडाको खाग अन्तर्राष्ट्रिय बजारमा जान्छ भन्ने देखाएको छ। भूमिगत रूपमा महँगोमा बिक्री हुन्छ भन्ने छ र त्यसकै लागि चोरी सिकार हुने गरेको देखिन्छ।”
यससँगै अन्तर्राष्ट्रिय व्यापारीहरू काठमाडौं तथा पोखरा जस्ता सहरी क्षेत्रमा रहने र, दलालहरूले स्थानीय सिकारीसँग गैँडाका खाग र खुरहरू लिएर अन्तर्राष्ट्रिय व्यापारीहरूलाई निर्यात गर्ने गरेको उनको अध्ययनको निष्कर्ष छ।
यो अवैध व्यापारले भ्रष्ट सरकारी अधिकारी र राजनीतिज्ञहरूबाट संरक्षण पाउने गरेका कारण दिन प्रतिदिन फस्टाइरहेको अध्ययनमा उनले उल्लेख गरेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य पनि डा.अधिकारीले जस्तै खागको भूमिगत अवैध व्यापारकै लागि गैँडाको चोरी सिकार हुने गरेको बताउँछन्।
“हाम्रो अनुसन्धानले गैँडाको खाग अन्तर्राष्ट्रिय बजारमा जान्छ भन्ने देखाएको छ,” आचार्यले भने, “भूमिगत रूपमा महँगोमा बिक्री हुन्छ भन्ने छ र त्यसकै लागि चोरी सिकार हुने गरेको देखिन्छ।”
खागको फाइदाबारे प्रमाणित तथ्य भने केही छैन। धनिमानी मानिसले आफ्नो ‘शौख’ पूरा गर्न खाग किन्ने गरेको बताइन्छ।
कसैले तरबारको बिँडमा खागको प्रयोग गर्ने गरेका छन्। जो शौखका लागि हुने गर्दछ।
आचार्य भन्छन्, “हिरामा केही छ छैन, न औषधि हो न खान हुन्छ? केही नभए पनि धनीमानीले महँगोमा लिएर लाएपछि त्यो त्यसै बहुमूल्य भएर गयो, खाग पनि त्यस्तो भएको हो।”
नेपाल प्रहरीले बेलाबेलामा खागसहित तस्करीमा संलग्नहरूलाई पनि पक्राउ गर्दै आएको छ।
र, कानुनी दायरामा ल्याउने गरेको छ।
गत बुधबार मात्रै इलाका प्रहरी कार्यालय बुटवलले सोही ठाउँको कलश होटलमा बसेका चार जनामध्ये तीन जना तस्करलाई खागसहित पक्राउ गर्यो।
काठमाडौंका राकेश न्यौपाने, लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउत पक्राउ परे। अर्का एक जना भागेका छन्।
यो त पछिल्लो घटना भयो। प्रहरीले बेला-बेला गैँडाको चोरी सिकार गरी खाग निकालेर अवैध व्यापार गर्नेहरूलाई पक्राउ गर्ने गरेको छ।
पक्राउपछि अनुसन्धान गर्दा खागको फाइदाबारे केही नखुल्ने गरेको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर बताउँछन्। उनी भन्छन्, “खागको जैविक रूपमा हालसम्म प्रमाणित फाइदा यो भन्ने छैन।”
२९ महिनामा मरे ९० वटा गैँडा
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २९ महिनामा ९० वटा गैँडा मरेका छन्।
अर्थात् आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र चालु आर्थिक वर्ष २०७७/७८ को मङ्सिर २२ गतेसम्ममा उक्त सङ्ख्यामा गैँडा मरेका हुन्।
सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले यो अवधिमा ५७ वटा गैँडा मरे। २४ वटा अन्य कारण (बाघको आक्रमण, करेन्ट लागेर, दुर्घटनामा परेर) मरेका छन्। र, चार वटा चोरी सिकारमा मारिएका छन्।
यसरी ८५ वटा गैँडा एउटै निकुञ्जमा मरेको पाइएको छ।
यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले पाँच वटा गैँडा मरेको विभागले जनाएको छ।
" /> काठमाडौं। संरक्षित र संकटापन्न वन्यजन्तुको सूचीमा रहेको गैँडाको चोरी सिकार ६ वर्षपछि फेरि बढेको छ।पछिल्लो पाँच महिनामै चारवटा गैँडा चोरी सिकारमा परेका छन्। जबकि, २०७१ वैशाख २० गतेदेखि २०७७ असार मसान्तसम्म एउटा पनि गैँडा मारिएको थिएन।

">