काठमाडौँ। नेपाली महिलाहरूद्वारा चामलको बोराबाट बनाइएका ब्याग नोबेल शान्ति पुरस्कार सङ्ग्रहालयमा बिक्रीका लागि राखिने भएको छ। विश्व खाद्य कार्यक्रमका लागि ब्याग बनाउँदै आएको शक्ति मिलन नेपालकी व्यवस्थापक प्रकृति मैनालीले देखापढीलाई उक्त जानकारी दिएकी हुन्।
संस्थाको छैटौँ वार्षिकोत्सवका अवसरमा आज एक सन्देशमा यो दिन संस्थाका लागि निकै विशेष भएको जनाइएको छ। मैनालीले आगामी आइतबार नर्वेको राजधानी ओस्लोस्थित नोबेल शान्ति पुरस्कार सङ्ग्रहालयमा ५०० थान ब्याग नमुनाको रूपमा पठाइने बताएकी छिन्। त्यहाँ उक्त ब्याग सङ्ग्रहालयमा प्रदर्शनीमा र बिक्रीका लागि राखिने बताइएको छ।
यस वर्षको नोबेल शान्ति पुरस्कार आज डिसेम्बर १० तारिखमा एक अनलाइन कार्यक्रमबीच विश्व खाद्य कार्यक्रमलाई दिइएको छ। यसै क्रममा विश्व खाद्य कार्यक्रमसँग साझेदारीमा ब्याग बनाउँदै आएको शक्ति मिलन नेपालका उत्पादन ओस्लो पुग्ने भएको हो। महिलाको विकासका लागि कार्यरत यस संस्थाले विश्व खाद्य कार्यक्रमका लागि यसरी बोराको ब्याग बनाउने काम गर्दै आएको छ।
यसै अवसरमा शक्ति मिलन नेपालले विश्व खाद्य कार्यक्रमलाई शुभकामना दिँदै सहकार्य गर्न पाउनु गौरवपूर्ण भएको जनाएको छ।
" /> काठमाडौँ। नेपाली महिलाहरूद्वारा चामलको बोराबाट बनाइएका ब्याग नोबेल शान्ति पुरस्कार सङ्ग्रहालयमा बिक्रीका लागि राखिने भएको छ। विश्व खाद्य कार्यक्रमका लागि ब्याग बनाउँदै आएको शक्ति मिलन नेपालकी व्यवस्थापक प्रकृति मैनालीले देखापढीलाई उक्त जानकारी दिएकी हुन्।संस्थाको छैटौँ वार्षिकोत्सवका अवसरमा आज एक सन्देशमा यो दिन संस्थाका लागि निकै विशेष भएको जनाइएको छ। मैनालीले आगामी आइतबार नर्वेको राजधानी ओस्लोस्थित नोबेल शान्ति पुरस्कार सङ्ग्रहालयमा ५०० थान ब्याग नमुनाको रूपमा पठाइने बताएकी छिन्। त्यहाँ उक्त ब्याग सङ्ग्रहालयमा प्रदर्शनीमा र बिक्रीका लागि राखिने बताइएको छ।

">