भारतका ७० लाखभन्दा बढी डेबिट/क्रेडिट प्रयोगकर्ताको डाटा लिक

काठमाडौं। भारतका ७० लाखभन्दा बढी डेबिट/क्रेडिट कार्डको डाटा लिक भएको बताइएको छ।

एक सेक्यूरिटी रिसर्चको रिपोर्ट अनुसार उक्त संख्याको डाटा डार्क वेबसाइटको माध्यमबाट लिक भएको हो।

डेबिट/क्रेडिट प्रयोगकर्ताको नाममात्र नभई मोबाइल नम्बर, आम्दानी, इमेल आइडी र प्यान नम्बर पनि लिक भएको छ।

भारतीय सेक्युरिटी रिसर्चरले डार्क वेबमा गुगल ड्राइभ लिंक खोजेका थिए। त्यसक्रममा उनले क्रेडिट कार्ड होल्डर्स डाटा सर्च गरेका थिए।

उक्त टाइटल सर्च गर्ने क्रममा भारतीय प्रयोगकर्ताको डाटा चोरी भएको र लिक भएको फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्