धरान उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेस जिततर्फ

काठमाडौं। धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचन अन्तर्गत अहिले भइरहेको मतगणनामा नेपाली कांग्रेसका तिलक राईले दुई हजार ६०५ मतले अग्रता लिएका छन्।

अहिलेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसका तिलक राईले २५ हजार ९९८ मत प्राप्त गरेका छन्।

नेकपाका प्रकाश राईले २३ हजार ३९३ मतका साथ पछ्याइरहेका छन्।

धरानमा कूल ५३ हजार ५१७ मत खसेको थियो।

वडा नम्बर ७ को मात्र मत गन्न बाँकी रहँदा नेपाली कांग्रेसका उम्मेद्वारले मतान्तर बढाउँदै लगेपछि कांग्रेस कार्यकर्ताहरु जित निश्चित भएको उद्घोषसहित खुशियालीका लागि जम्मा हुन थालेका छन्।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले अबको करीब एक घण्टामा अन्तिम नतिजा आइसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्