इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरूले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन्। पाकिस्तानमा कोभिड-१९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो सङ्ख्यामा जुलुश निकाल्दा यसबाट कोभिड-१९ को संक्रमण बढ्ने भन्दै सो जुलुश ननिकाल्न उनले आग्रह गरेका हुन्।
पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरू लागेका छन्। उनीहरूले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन्।
यसअघि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटकपटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरूले जनाएको छ। तर पनि विपक्षीहरूले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरूलाई सार्वजनिक रूपमा यस्तो आग्रह गरेका हुन्। पाकिस्तानका अधिकारीहरूले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन्।
पाकिस्तानका प्रधानमन्त्री खानले नै हालै मात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरू कोरोना भाइरसका बिरामीहरूलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन्।
अर्कातर्फ यहाँका विपक्षी राजनीतिक दलहरूले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन्। यसैले यहाँको सरकारले हालैका दिनहरूमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरूका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहरूले बताएका छन्।
रासस/एएनआई
" /> इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरूले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन्। पाकिस्तानमा कोभिड-१९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो सङ्ख्यामा जुलुश निकाल्दा यसबाट कोभिड-१९ को संक्रमण बढ्ने भन्दै सो जुलुश ननिकाल्न उनले आग्रह गरेका हुन्।पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरू लागेका छन्। उनीहरूले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन्।

">