एजेन्सी। कोरोना महामारीले विश्वभर जनजीवन अस्तव्यस्त बनाएको बेला भारतको आन्ध्र प्रदेशमा अर्को एक रहस्यमय रोगको महामारी फैलिएको छ।
मानिसहरूमा बेहोस हुने र छारे रोग लागेजस्तो समस्या आउने यो रोगबाट आन्ध्र प्रदेशको एलुरु सहरमा ५ सय जनाभन्दा बढी प्रभावित भइसकेका छन्। लक्षण देखिएपछि ५ सयको हाराहारीमा बिरामीहरू अस्पताल भर्ना भएका छन् भने त्योभन्दा बढी स्वास्थ्य संस्थासम्म नपुगेको स्थानीय प्रशासनले अनुमान गरेको छ।
केही दिनमै सयौँको संख्यामा यस्ता बिरामी देखिए पनि अस्पताल पुग्नेहरू छोटो समयमै निको भएर घर फर्किएका कारण भने आम मानिसले राहत महसुस गरेका छन्।
उपचारका लागि अस्पताल पुगेका ५१० जनामध्ये ४३० जना निको भएर डिस्चार्ज भइसकेका छन् भने यस क्रममा एकजनाको मृत्यु भएको आन्ध्र प्रदेशका स्वास्थ्य मन्त्री ए के कृष्णा श्रीनिवासले जानकारी गराएका छन्।
मन्त्री श्रीनिवासले आम सर्वसाधारणलाई सचेत हुन आग्रह गर्दै यही रोगका कारण चिन्तित नहुन आह्वान गरेका छन्। अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को टोलीले यस रोगका बारेमा अध्ययन गरिरहेको बताइएको छ।
एम्सको प्रारम्भिक अध्ययनमा बिरामीको रगतमा सिसा तथा निकलजस्ता केमिकल पाइएको बताइएको छ। खास गरी पानी, खानपिन र वातावरणका कारण यो रोग फैलिएको हुनसक्ने अध्ययनकर्ताहरूले अनुमान गरेका छन्।
यो रोगबाट पीडित हुनेमा सबै सहरी क्षेत्रमा बसोबास गर्नेहरू रहेका छन्। ग्रामीण क्षेत्रमा बसोबास गर्नेमा यो रोगको समस्या अहिलेसम्म देखिएको छैन।
हालसम्म एलुरु सहरमा मात्र यस्तो समस्या देखिएको छ। तर अन्य क्षेत्रमा पनि यस्तो समस्या हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक अध्ययनबाट प्राप्त नतिजाअनुसार यो सरुवा रोग भने नभएको बताइएको छ।
" /> एजेन्सी। कोरोना महामारीले विश्वभर जनजीवन अस्तव्यस्त बनाएको बेला भारतको आन्ध्र प्रदेशमा अर्को एक रहस्यमय रोगको महामारी फैलिएको छ।मानिसहरूमा बेहोस हुने र छारे रोग लागेजस्तो समस्या आउने यो रोगबाट आन्ध्र प्रदेशको एलुरु सहरमा ५ सय जनाभन्दा बढी प्रभावित भइसकेका छन्। लक्षण देखिएपछि ५ सयको हाराहारीमा बिरामीहरू अस्पताल भर्ना भएका छन् भने त्योभन्दा बढी स्वास्थ्य संस्थासम्म नपुगेको स्थानीय प्रशासनले अनुमान गरेको छ।

">