अछाममा महिनावारी बार्न छाउगोठमा बसेकी महिलाको मृत्यु
धनगढी। अछामको साँफेबगर नगरपालिका–३, सिदेश्वरकी २२ वर्षिया पार्वती रावतको छाउगोठमा मृत्यु भएको प्रहरीले जनाएको छ।

महिलाको मृत्युबारे स्थानीय व्यक्तिले जानकारी दिएपछि घटनाबारे बुझ्न ईलाका प्रहरी कार्यलय साँफेबगरबाट प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक शाहीले जानकारी दिए।

उनले घटनाबारे अन्य विवरण आउन बाँकी रहेको बताए । "महिलाको मृत्यु भएको जानकारी पाएपछि प्रहरी घटनास्थलतर्फ गएको छ," उनले भने, "अनुसन्धानपछि मात्रै थप विवरण दिनेछौं।"

घटनास्थलमा रहेका प्रहरी निरीक्षक नरपति भट्टले मूलघरबाट १०० मिटर जति टाढा रहेको सानो घरमा रावतको शव भेटिएको बताए। "छाउगोठ हो कि होइन, त्यसलाई कसरी परिभाषित गर्नु ?," उनले भने, "घरबाट अलि टाढा रहेको एउटा कोठा मात्र भएको सानो घरमा शव भेटिएको हो।"

बिहान साढे सात बजेसम्म पनि ननिस्किएपछि मृतक रावतका जेठाजु उनलाई बोलाउन गएका थिए। त्यसपछि पनि केही प्रतिक्रिया नपाएपछि उनैले ढोका फोडेका थिए। त्यसरी हेर्दा बुहारीको मृत्यु भएको देखेपछि उनले वडा अध्यक्षलाई खबर गरे। त्यसपछि वडा अध्यक्षले नजिकको प्रहरी चौकीमा खबर गरिदिएका थिए।

मृतकका पति ६ महीनादेखि भारतको मुम्बईमा छन्।

घटनास्थलबाट मुचुल्का उठाएपछि शवको पोष्टमोर्टमका लागि अस्पताल पठाइने प्रहरी निरीक्षक भट्टले जानकारी दिए। "त्यसपछि मात्रै मृत्युको एकीन कारण खुल्ला, अहिले नै केही भन्न सकिन्न", उनले भने।

हरेक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्बरसम्म १६ दिने लैङ्गकि हिंसाविरुद्धको अभियान चल्छ। यो वर्षको अभियान चलिरहेकै बेला छाउ गोठमा महिलाको मृत्यु भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्