धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका तिलक राई विजयी

काठमाडौं। धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन्।

भर्खरै सकिएको मतगणना अनुसार उनले २६ हजार ७०९ मत प्राप्त गरे।

निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका छन्।

दुईजनाबीचको मतान्तर दुई हजार ७९५ रहेको छ।

तिलक राईको जितसँगै नेकपाको लागि ‘सुरक्षित जोन’ मानिएको धरान उपमहानगरपालिकाको मेयर पद गुमेको छ।

२०४८ सालयता धरानको मेयरमा नेपाली कांग्रेस विजयी भएको थिएन।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि मेयरमा कांग्रेसबाट तिलक राईकै उम्मेद्वारी थियो।

उनले १६ हजार १०२ मत पाएका थिए। तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित तारा सुब्बाले २०९७५ मत प्राप्त गरेका थिए।

दुईजनाबीचको मतान्तर ४८७३ थियो।

तारा सुब्बाको निधनपश्चात रिक्त मेयर पदका लागि धरान उपमहानगरपालिकामा उपनिर्वाचन भएको हो।

प्रतिक्रिया दिनुहोस्