महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको १० विकेटको जीत

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत् पोखरामा आज भएको महिला क्रिकेटतर्फको प्रतिस्पर्धाामा नेपालले माल्दिभ्समाथि १० विकेटको प्रभावशाली जित हात पारेको छ।

नेपालको जितमा अन्जली चन्दले कीर्तिमानी बलिङको प्रदर्शन गरिन्।

टस जितेपछि माल्दिभ्सले पहिले व्याटिङ रोजेको खेलमा १६ रनमात्र जोड्न सक्यो।

माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर झिनो योगफल तयार पारेको थियो।

नेपालका तर्फबाट अञ्जलीले ६ विकेट लिइन्, २.१ ओभरमा एक रन पनि नदिए।

छैठौं ओभरमा बलिङ गर्न आएकी अञ्जलीले आफ्नो पहिलो ओभरमै विना कुनै रन तीन विकेट लिइन्।

नवौं ओभरको अन्तिम दुइ बलमा विकेट लिएकी अञ्जलीले ११ औं ओभरको पहिलो बलमा विकेट लिएर आफ्नो ह्याट्रिक मात्र पुरा गरिनन्, माल्दिभ्सको अन्तिम विकेट पनि झारिन्।

माल्दिभ्स्ले लिएको लक्ष्य नेपालले पहिलो ओभरमै पुरा गर्‍यो।

प्रतिक्रिया दिनुहोस्