वित्तीय सम्मेलन गर्दै सुदूरपश्चिम सरकार

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले २० मंसीरमा वित्तीय सम्मेलन आयोजना गर्ने भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर वित्तीय सम्मेलनको तयारीबारे जानकारी गराएको छ।

वित्तीय पहुँच वृद्धिका लागि सचेतना मार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यका साथ सम्मेलन तय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए।

सम्मेलनले सुदूरपश्चिम प्रदेशमा लगानीयोग्य वातावरण निर्माण गर्दै लगानीकर्तालाई आकर्षित गराउन सहयोग पुग्ने सुदूरपश्‍चिम प्रदेश सरकारले अपेक्षा गरेको जनाएको छ।

नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का अध्यक्ष पुष्‍पकमल दाहालले सम्मेलन उद्‍घाटन गर्ने कार्यक्रम छ।

वित्तीय सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहने छ।

प्रतिक्रिया दिनुहोस्