काठमाडौं। चितवनको भरतपुर विमानस्थल १० दिनका लागि बन्द भएको छ।
विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तार गर्न लागिएकाले १५ मंसीरदेखि १० दिन सम्मका लागि सबै उडान बन्द गरिएको विमानस्थलका सूचना अधिकारी केशव लम्सालले जानकारी दिए।
उनले धावनमार्गमा पिच थप (ओभर ले) गर्न र विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तारको लागि सबै उडान बन्द गरिएको बताए।
भरतपुर विमानस्थलको धावनमार्गमा १६ वर्षयता कुनैपनि पिच गरिएको थिएन। यसपालि पुरै पिच गर्नुपर्ने भएकाले सबै उडान बन्द गरी काम गरिएको सूचना अधिकारी लम्सालले बताए।
भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा गरी दैनिक ११ वटा उडान तथा अवतरण हुँदै आएको छ। विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिंदै आएका छन्।
" /> काठमाडौं। चितवनको भरतपुर विमानस्थल १० दिनका लागि बन्द भएको छ।विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तार गर्न लागिएकाले १५ मंसीरदेखि १० दिन सम्मका लागि सबै उडान बन्द गरिएको विमानस्थलका सूचना अधिकारी केशव लम्सालले जानकारी दिए।

">