अर्घाखाँची। १८ वर्षपछि लालपुर्जा पाउँदा छत्रदेव गाउँपालिका-२, बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुसी भएका छन्।
सशस्त्र द्वन्द्वको समयमा २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो।
नापी कार्यालयको टोलीले पुनः नापनक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो।
नापी कार्यालयले छत्रदेव गाउँपालिका-२ बल्कोटमा ६५० घरधुरी र वडा नं ४ केरुङ्गाका एक हजार १८६ जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ।
लालपुर्जा लिन सहभागी भएका ७० वर्षीय हरिप्रसाद खनालले भने, “जग्गा भएर पनि जग्गा नभए जस्तै भएका थियाैं आज लालपुर्जा पाउँदा खुसी भएका छाैंं, लालपुर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण लिन पनि सकेका थिएनाैं, अब त लालपुर्जा पायाैं हामी खुसी छौं।”
द्वन्द्वको समयमा नक्साविहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत खिम रानाले बताए। उनले डिजिटल प्रविधिबाट निर्माण गरिएका लालपुर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिए। रासस
" /> अर्घाखाँची। १८ वर्षपछि लालपुर्जा पाउँदा छत्रदेव गाउँपालिका-२, बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुसी भएका छन्।सशस्त्र द्वन्द्वको समयमा २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो।

">