काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता रहेको बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भने, “लघु, घरेलु तथा साना उद्योगहरूसँग सिंगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ। यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु।”
उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले भने, “तपाईहरूको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाइहरूको पनि सफलता जोडिएको छ।” उनले समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यवसायीलाई आग्रह गरे।
“साना उद्योगहरू कसरी बाँचेका छन्। समग्रमा साना व्यवसायीका समस्या के के छन् पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस्। अनि, छलफल गरौं, निकास ननिस्कने कुरै छैन।”
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए।
“अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन यो नेपालको लागि ठूलो चुनौतिको विषय बनेको छ”, उनले भने, “यसका पछाडि दुई तीनवटा कारण छन्। हामीले जसरी उद्योग चलाइरहेका छौं ती उद्योगहरू व्यवस्थित छैनन्। उद्योग ग्राममा नचलाइएकोले छरपस्ट भइरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको शिकार बनिरहेका छन् उद्योगहरू। त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन्। यस्ता उद्योगहरूलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ।”
साना व्यवसायीहरूको उद्योगग्राम चाहियो भन्ने माग बमोजिम अहिलेको सरकारले पहिलो क्याबिनेटबाटै पालिकामा एउटा उद्योगग्राम बनाउने भनेर निर्णय गरेको स्मरण गर्दै अध्यक्ष गिरीले यसलाई आत्मसात गरेर अगाडि जानुपर्छ भन्ने व्यवसायीको आग्रह रहेको बताए।