पुराना दलको राजनीतिक अभ्यास राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ- साझा पार्टी

काठमाडौं। साझा पार्टीले पुराना राजनीतिक दलको अभ्यास राज्य दोहन र भ्रष्टाचारमा निर्भर रहेको टिप्पणी गरेको छ।

आज विज्ञप्ती जारी गर्दै साझाले गाउँ–टोलमा ठूला दलसँगको आवद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम रहँदा पनि आफूहरूलाई मतदान गरेकोमा मतदातालाई धन्यवाद पनि दिएको छ।

आफ्ना गल्ती–कमजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

“त्यसका लागि हामी छिटै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लागि पर्ने छौँ। साझा पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्नेछौँ”, विज्ञप्तिमा भनिएको छ, “जनताका आकांक्षा र हामीप्रतिको अपेक्षाका बारेमा सुन्ने छौँ। साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै सङ्गठन विस्तार गर्नेछौँ।”

प्रतिक्रिया दिनुहोस्