काठमाडौं। अख्तियार दुरूयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय जनपुरका तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन कार्यालय प्रमुख दिनेश अर्याल र लेखा प्रमुख जिवनाथ पोखरेले ठेक्का बोलपत्रमा भ्रष्टाचारजन्य कसूर गरेको भन्दै आज १९ लाख ५० हजार ४४० मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सडक डिभिजनका तत्कालीन कार्यालय प्रमुख अर्याल, लेखा अधिकृत पोख्रेल, इञ्जिनियर राजकुमार यादव र इञ्जिनियर सन्जिवकुमार साहसमेतले ठेक्काको बोलपत्र मूल्यांकन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि नयाँबजार, काठमाडौंले पेश गरेको बोलपत्रको बीओक्यूको आइटम नम्बर २.३ र २.६ को दररेट अंक र अक्षरमा सच्याई १९ लाख ५० हजार ४४० रूपैयाँ थपी सम्झौता गरेको अख्तियारको ठहर छ।
भैरव कन्स्ट्रक्सन कम्पनी प्रालिका संचालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रालिका अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवसँग मिलेमतो गरी सरकारी कागजात गैरकानूनी रूपमा सच्याई आफू र बोलपत्रदातालाई गैरकानूनी लाभ पुर्याएर नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्याई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरिएको अख्तियारको दाबी छ।
उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३), दफा ११ र दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा बिगो १९ लाख ५० हजार ४४० रूपैयाँ कामय गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
" /> काठमाडौं। अख्तियार दुरूयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय जनपुरका तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।तत्कालीन कार्यालय प्रमुख दिनेश अर्याल र लेखा प्रमुख जिवनाथ पोखरेले ठेक्का बोलपत्रमा भ्रष्टाचारजन्य कसूर गरेको भन्दै आज १९ लाख ५० हजार ४४० मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

">