१३औं साग पुरूष फुटबलः भुटानद्वारा बंगलादेश पराजित

काठमाडाैं। दक्षिण एशियामा तुलनात्मकरूपमा कमजोर मानिने भुटानले आज बंगलादेशलाई पुरूष फुटबलमा १-० ले हराउँदै १३औं दक्षिण एशियाली खेलकुदमा विजयी सुरूआत गरेको छ।

भुटानका कप्तान चेन्चो ग्याल्सेनले ६५औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त बन्यो।

जितसँगै भुटानले ३ अंक जोडेको छ।

भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि फुटबलमा पाँच टीम मात्र सहभागी छन्।

पाकिस्तानले यसअघि नै सहभागी नहुने जनाएको थियो।

त्यसपछि फुटबल राउन्डरोबिन लिग पद्धतिमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्