ट्रायथलनमा स्वर्ण जितेकी सोनीलाई एक लाख दिने संघको घोषणा

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत् पोखरामा जारी ट्रायथलनमा स्वर्ण पदक जितेकी सोनी गुरूङलाई ट्रायथलन संघले नगद एक लाख रूपैयाँ पुरस्कार दिने भएको छ।

संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले सोनीलाई एक लाख रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन्। सोनीलाई पोखराका प्रदेश सांसद दीपक कोइरालाले पनि २५ हजार रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरिसकेका छन्।

कोइराला क्यानका पूर्वकार्यबाहक अध्यक्ष समेत हुन्।

पढ्नुहोस्

नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक

प्रतिक्रिया दिनुहोस्