कैलाली। कैलालीमा वर्षेनी लागूऔषध दुर्व्यसनीमा लाग्नेहरूको संख्यामा वृद्धि भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको विगत तीन वर्षको तथ्यांक हेर्दा यो कुराको पुष्टि हुन आउँछ।
आर्थिक वर्ष २०७४/०७५ मा लागूऔषधका ७१ ओटा मुद्दा दर्ता भएकोमा १ सय ८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जसमा लागूऔषध चरेशका २० मुद्दामा २९, ब्राउन सुगरका २१ मुद्दामा ३३ जना र अन्य २९ मुद्दामा ४६ जना पक्राउ परेर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी), दक्षकुमार बस्नेतले जानकारी दिए।
उनले उल्लेखित मुद्दामा पक्राउ परेकाहरूबाट ८७ किलो ६ सय ४५ ग्राम चरेश, २ सय ३९ ग्राम ६ सय २५ मिलिग्राम ब्राउन सुगर र नाईट्रोभेन ८ सय ४० ट्याबलेट र स्पास्मोप्रक्सोभन ४ सय १४ ट्याबलेट बरामद गरिएको बताए।
आर्थिक वर्ष २०७५/०७६ मा लागूऔषधका ८७ ओटा मुद्दामा १ सय २७ जना पक्राउ परेको डीएसपी बस्नेतले जानकारी दिए। लागूऔषध चरेशको १७ मुद्दामा ३ किलो ८ सय ४७ ग्रामसहित २४ जना, ब्राउन सुगरको ३५ मुद्दामा २ सय ६५ ग्राम ४६१ मिलिग्रामसहित ५३ जना र बाँकी अन्य लागूऔषधका मुद्दामा पक्राउ परेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए।
चालु आर्थिक वर्षको कार्तिकसम्ममा ४७वटा मुद्दामा ६९ जना पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ। जसमा ब्राउन सुगरको २४ मुद्दामा ३५ ग्राम १७८ मिलिग्रामसहित ३५ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
गाँजा, चरेश, कोरेक्स, नाईट्रोभेट र स्पास्मो लगायतका मुद्दामा ३४ जनालाई पक्राउ गरी मुद्दा चलाइएको डीएसपी बस्नेतले बताए।
यसैगरी हिरासमै रहेका बेला आर्थिक वर्ष २०७५/०७६ मा बिरामी भएका दुईजना लागूऔषध प्रयोगकर्ताको उपचारको क्रममा मृत्यु समेत भइसकेको छ।
खुल्ला सीमा नाका र भारतीय बजारमा सहजै पाउने भएका कारण समेत लागूऔषध प्रयोगकर्ता र कारोवारीहरू दिनप्रतिदिन बढ्दै गइरहेको यस क्षेत्रमा काम गर्ने जानकारहरू बताउँछन्।
रोटरी क्लब अफ धनगढीका अध्यक्ष हरिशंकर ठाकुरले विद्यालय स्तरदेखि नै लागूऔषधको प्रयोग र यसले पार्ने असरबारे जानकारी गराउन आवश्यक रहेको बताए। यसो गरे लागूऔषध प्रयोगकर्ताको संख्या केहीहदसम्म कम गर्न सकिने उनको भनाइ छ।
" /> कैलाली। कैलालीमा वर्षेनी लागूऔषध दुर्व्यसनीमा लाग्नेहरूको संख्यामा वृद्धि भइरहेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको विगत तीन वर्षको तथ्यांक हेर्दा यो कुराको पुष्टि हुन आउँछ।

">