आयशाले भनिन्- ‘दुइटा बच्चाका लागि दुई स्वर्ण’
काठमाडौं। तेक्वान्दोकी भेट्रान खेलाडी आयशा शाक्यले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा दुईवटा स्वर्ण जितिन्।

स्वर्ण जितिसकेपछि उनले प्रतिक्रिया दिँदै आफू धेरै नै उत्साहित भएको बताइन्। “दुईजना बच्चाका लागि दुईवटा गोल्ड मेडल जितेको जस्तो लागिरहेको छ,” आयशाले भनिन्, “यो अवस्थामा आएर पनि मलाई विश्वास गर्नुभयो, सबैप्रति आभार छु।”

खेल जीवन छाडेर बसेकाहरूलाई उनले उमेरले नछेक्ने भन्दै खेल क्षेत्रमा फर्किन आग्रह गरिन्। “जो बच्चा छ भन्दै खेल छाडेर बस्नु भएको छ, उहाँहरूलाई उमेरले खेल्न रोक्दैन भन्न चाहान्छु,” आयशाले भनिन्।

आयशाले यसअघि दशौं सागमा रजत, ११औं मा स्वर्ण र १२औं सागमा रजत पदक जितेकी थिइन्।

आयशा र ओलम्पियन दीपक विष्ट दम्पती हुन्।

दीपकको नाममा चारवटा स्वर्ण दर्ज छ। आयशाले हालसम्म तीन स्वर्ण जितेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्